माझीको शव दुई दिन सम्मपनि अस्पताल मै,प्रहरीले जाहेरी दर्ता गरेन्

703 Shares

सर्लाहीको बसबरिया गाउँपालिका–३ मा आईतबार भएको ट्याक्टर दुर्घटनामा ज्यान गएका चालकका आफन्तले शव बुझेका छैनन् ।प्रदेश २–०२–००१ त ०४३५ नम्बरको ट्याक्टरका धनी बसबरिया गाउँपालिका–३ का अन्दाजी ५० वर्षीय सञ्जीव कुमार यादवले आफ्ना मान्छेलाई जबरजस्ती काममा लगेका कारण दुर्घटना भएको भन्दै चालक दीपेन्द्र माझी(पुजेरी)का आफ्न्तले प्रहरीमा जाहेरी दिन जाँदा प्रहरीले जाहेरी लिन नमानेपछि आफुहरुले न्याय नपाउँदा सम्म शव नबुझ्ने बताएका हुन ।
आईतबार साँझ करिब ७ बजे खेतमा काम गरेर फर्किंदा बसबरिया गाउँपालिका–३ कोठिहारस्थित नहरमा ट्याक्टर पल्टिदा ट्याक्टरका चालक बसबरिया गाउँपालिका ३ का अन्दाजी २५ वर्षिय दीपेन्द्र माझी(पुजेरी)को घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको थियो ।
ट्याक्टर धनी बसबरिया गाउँपालिका–३ का अन्दाजी ५० वर्षीय यादव पनि ट्याक्टरमा सवार रहेका भएपनि उनी सकुशल रहेका थिए।विपन्न परिवारका माझीको ज्यान गएपछि आफुहरुको जीउने आधार नै गुमेको बताउँदै पीडित परिवारले ट्याक्टर धनी यादवका विरुद्धमा  ईलाका प्रहरी कार्यालय बरथवामा जाहेरी लिएर गएका भएपनि प्रहरीले जाहेरी लिन नमानेपछि आफुहरुले न्यान नपाउँदा सम्म शव नबुझ्ने बताएपछि दुई दिनदेखि शव प्रादेशिक अस्पताल मलंगवा सर्लाहीको शव गृहमा रहेको र पोष्टमार्टमा पनि आफुहरु नगएको ललिता देवी माझीले बताईन् ।आफ्ना श्रीमान घरमा बसीरहेको अवस्थामा पनि जबरजस्ती ट्याक्टर धनी यादवले आफ्ना मान्छेलाई ट्याक्टर चलाउन लगेका मृतककी श्रीमती ललिता देवी माझीले बताईन् ।

सम्बन्धित समाचार