Close This

१ सय २८ बिघाको मानव निर्मित पोखरी निर्माणको अन्तीम चरणमा,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-२४ गते   २२८ पटक हेरिएको

 जिल्लाको वाग्मती नगरपालिकाले नगरको दिगो विकास र समृद्धिको मेरुदण्डका रूपमा विकासको कामलाई तीव्रगतिमा अगाडि बढाएको छ । नगरपालिकाले गौरवको आयोजनाको रूपमा निर्माण सुरु गरेको पोखरीको निमार्ण कार्य अन्तीम चरणमा पुगेको छ । 
पहिलो चरणमा पोखरीको सम्पूर्ण डिजाइन तयार,पर्खाल लगाउने र सफा गर्ने कार्य गरेको नगरपालिकाले दोस्रो र तेस्रो चरणमा सौन्दर्य अभिवृद्धिको काम गरि रहेको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले बताउनु भयो । दीर्घकालीन रूपमा नगरको आयस्तर बढाउनुका साथै नगरमै रोजगारीको सिर्जना गर्न भन्दै करिब १ सय २८ बिघा क्षेत्रफलमा मानव निर्मित पोखरी निर्माणको काम अन्तमि चरणमा पुगेको हो ।
नगरपालिकाअन्तर्गत वडा नम्बर ४ र ५ स्थित वागमती किनारमा पोखरी निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलले बताउनु भयो । उहाँका अनुसार दीर्घकालीन नगरको विकासका रूपमा नगरले पोखरी निर्माण गरेको हो । पोखरी देशकै नमूना बन्नेमा आफू ढुक्क भएको नगर प्रमुख थापाले बताउनुभयो । करिब १ सय २८ बिघा क्षेत्रफलको मानव निर्मित यो पोखरी देशमै विशाल मानव निर्मित पोखरी बन्ने नगर प्रमुख थापाले बताउनु भयो ।
पोखरीमा माछा पालनसँगै मुख्यरूपमा पर्यटन विकास यसको लक्ष्य र योजना रहेको नगरपालिकाले जनाएको छ । निकट भविष्यमै नगरले गर्ने आम्दानी तथा नगरबासीलाई रोजगारीको राम्रो सम्भावना लिएर मानव निर्मित पोखरी निमाण भईरहेकोे नगर उप प्रमुख लीला कुमारी मोक्तानले बताउनु भयो । पोखरीमा बोटिङ, स्विमिङसँगै पर्यटकका लागि आकर्षक होटल र खाजा घरको समेत निर्माण कार्य तिब्रगतिमा भईरहेको छ । 
पूर्वपश्चिम लोकमार्गबाट मात्र तीन किलोमिटरको दूरीमा रहेको पोखरी अन्य गन्तव्यमा हिँडेका पर्यटकका लागि समेत विश्राम स्थलको रूपमा विकास गर्न सकिने नगरको योजना रहेको छ । पोखरी निर्माणको अर्को महत्वपूर्ण योजना स्थानीयस्तरमा रोजगारी सृजना  गर्नु पनि रहेकोले नगरका धेरै जनशक्तिले रोजगारी समेत पाउने भएका छन् । नगरले हरेक योजनामा आफ्नै जनशक्ति परिचालन गर्दै आएकोले पोखरी निमार्णका क्रममा पनि नगरबासीले गतिलो रोजगारी पाइ रहेका नगरपालिकाले जनाएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech