“आधारशिला”स्थापनाको २२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्न प्रचण्ड सोमबार महोत्तरी आउने

591 Shares

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड)सोमबार महोत्तरी आउने भएका छन्।महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित रहेको सामाजिक रुपान्तरणका लागि सामूहिक प्रयास “आधारशिला”स्थापनाको २२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्ड सोमबार महोत्तरी आउने आधारशिलाका अध्यक्ष दिप बहादुर योञ्जनले जानकारी दिए ।
उनका अनुसार बर्दिवास नगरपालिका ३ गौरीडाँडा स्थित आधारशिलाको प्राङ्गणमा हुने २२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्ड सोमबार महोत्तरी आउने भएका हुन ।आधारशिलाको २२ औं वार्षिकोत्सवमा सामेबार विहान ११ बजे बर्दिवास नगरपालिका ३ गौरीडाँडा स्थित आधारशिलाको प्राङ्गणमा उपस्थित हुन आयोजकले अनुरोध समेत गरेको छ।वैचारिक तथा सांस्कृतिक कार्यक्रम पनि समावेश गरिने आयोजकले जनाएको छ।

सम्बन्धित समाचार