सिन्धुलीको दुधौली नगरपालिका १ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पुनारा नेता बोधराज काफ्ले स्मृति प्रतिष्ठान गठन गरिने भएको छ । सोमबार दुधौली नगरपालिका १ हत्पतेमा बसेको बैठकले काफ्लेको सम्झनामा स्मृति प्रतिष्ठान गठन गर्ने भएको नेकपा निकट अनेरास्ववियुका नेता बरुण घिमिरेले जानकारी दिनु भयो ।

वडा कमिटिका अध्यक्ष चन्द्र प्रसाद पहाडीको अध्यक्षतामा भएको बैठकका प्रमुख अतिथी नेकपा जिल्ला इन्चार्ज अधिकारीले पार्टिमा यो वा त्यो पक्ष नभनि सबै एक ढिक्का भएर अगाडि बढ्नु पर्ने साथै पार्टिमा ब्यक्ती हाबी हुन हुन नदिने बताउनु भएको छ । पार्टी एकता भइ सकेको भएपनि केही मन विचारहरु एकता हुन बाँकी रहेका र चाँडै मन विचार रभावना पनि एकता हुने बताउनुभयो ।
वडा कमिटिको आयोजनामा भएको छलफलमा नेकपा केन्द्रिय कमिटी सदस्य,संबिधान सभाका सदस्य , नेकपा सिन्धुलीका जिल्ला इन्चार्ज विषमलाल अधिकारी(दनुवार) बागमती प्रदेश कमिटि सदस्य डम्बर कार्की, अनेरास्ववियू केन्दिय कमिटी सदस्य दिपेश बराल, दुधौली नगर इन्चार्ज मातृका भट्टराई , नगर अध्यक्ष लक्ष्मण कार्की ,सचिब दिपक खड्का,जिल्ला कमिटी सदस्य तिर्थ बराल लगायत नेता तथा कार्यकर्ताहरुको विशेष उपस्थिती रहेको थियो । सोम प्रसाद न्यौपाने