लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली उल्टाउने दुस्साहस भइरहेको नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले बताए ।फागुन १२ गतेबाट सुरु भएको तराई–मधेश जागरण अभियान अन्र्तगतको सर्लाहीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले पनि प्रतिक्रियावादी तत्वहरूले कुनै न कुनै रूपले संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली उल्टाउने दुस्साहस गरिरहेको बताएका हुन् ।
उक्त दुस्साहस विरुद्ध संघर्ष गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले परिआएको खण्डमा काठमाडौंको सडकमा फेरि लाखौंको संख्यामा जनता उतार्ने समेत बताए।यसका लागि तराई–मधेशका जनतालाई तयारी रहन समेत माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले अपिल गरे ।
माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले जनमतका लागि जनशक्ति निर्माण गर्ने र आइप¥यो भने सडकबाट चुनौती दिने उद्देश्यले यो अभियान सुरु गरिएको बताए। यो अभियान विल्कुल जनताको आवश्यकता अनुकूल भएको बताउँदै हुलाकी राजमार्गलाई केन्द्रमा राखेर यहाँका जनताको पिरमर्का के छन् ?किसानका,महिलाका,दलितका,मधेशक र आदिवासी जनजाति तथा मुस्लिम समुदायका समस्या नजिकबाट बुझ्ने उद्देश्यका साथ अभियान सुरु गरेको उनले बताए ।
मधेशका बुद्धिजीवी एवम व्यवसायीहरूको सोच के छ?किसानका समस्या के छन्?भनेर बुझ्न र मधेशको समस्यालाई राष्ट्रिय रूपमा स्थापित गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो, माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले बताए।
यो अभियानबाट जनताले ऊर्जा दिएको भन्दै उनले आफूहरूमा उत्साह थपिएको र भाषण गर्नका लागि मात्रै यो अभियान नचलाइएको उनले बताए।भाषण भन्दा पनि मधेशका जनताको आर्थिक,राजनीतिक र सांस्कृतिक समस्या बुझ्ने अभियानका रूपमा लिएका पार्टीका नेता कार्यकर्ताहरुले बुझेका उनले बताए ।
तराई–मधेशको विकास,सिँचाइ,मलखाद,पर्यटक,रोजगारी र सीमा क्षेत्र लगायतका समस्याहरुका साथै मधेशका निकै ठूला समस्या केन्द्रित गरेका छौ र माओवादी केन्द्रले सदनमा मधेशका समस्याहरुको आवाज उठाउने उनले प्रतिवद्धता जनाए ।
तराई–मधेश,हुलाकी राजमार्ग वरिपरि बस्ने जनताका समस्यालाई राष्ट्रिय रूपमा स्थापति गर्ने गरी मधेशका समस्या समाधान गर्न पार्टीका तर्फबाट हुन सक्ने र सरकारलाई दबाब दिनुपर्ने भए सरकारलाई दबाब दिएर समाधान गर्न पहल गर्ने उनले प्रतिवद्धता जनाए ।
“माओवादी केन्द्रले चलाएको अभियानले राष्ट्रको ध्यान मधेशतिर केन्द्रित भएको बताउँदै मिडियाहरू क्रमशः मधेशतिर झर्दैछन्।ठूल्ठूला नेताहरू पनि अब मधेश नआई सुख्खै नपाउने अवस्था सृजना भएको छ । यो सबै तराई–मधेशी जनताका लागि गर्वको कुरा हो ।”उनले बताए ।
पूर्वसांसद साह माओवादी केन्द्रमा प्रवेश
२०७४ सालमा सर्लाहीको क्षेत्र नम्बर १ बाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य एवम जनता सामाजवादी पार्टी(जसपा)नेपालका नेता प्रमोद साह माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।जनतासँग माओवादी,तराई मधेश जागरण अभियान अन्तर्गत सर्लाहीको मलंगवामा आयोजित खबरदारी सभा एवम बृहत् पार्टी प्रवेश कार्यक्रममा निवर्तमान प्रतिनिधिसभा सदस्य साह माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नेता साहलाई माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले पार्टीमा स्वागत गरेका माओवादी केन्द्रका केन्द्रीय सदस्य लुमणी धिमाल(लोचन)ले जानकारी दिए।पार्टी प्रवेशपछि नेता साहले २४० वर्षे एकात्मक सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने प्रमुख दल माओवादी केन्द्र भएकाले आफूले यही दल रोजेको उनले बताए ।
मधेशको विकास र मधेशीको अधिकार स्थापना गराउने काममा माओवादी केन्द्र एउटा मात्रै पार्टी रहेको र अहिलेको नेपाली कांग्रेस र नेकपा(एमाले)को गठबन्धन अपबित्र गठबन्धन साथै“चोर चोर मयसीका बेटा”भने झै रहेको समेत साहले बताए।मलंगवामा भएको बृहत् पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि हजारौँ नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।