महारुन्द्र महायज्ञको दर्शन तथा अवलोकन गर्न रक्षा मन्त्री उप्रेतीले गरे सेनाको हेलिकप्टर दुरुपयोग

370 Shares

नेपाल सरकारका नवनियुक्त रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाको हेलिकप्टर दुरुपयोग गरेका छन् ।नव नियुक्त रक्षा मन्त्री उप्रेतीले महारुन्द्र महायज्ञको दर्शन तथा अवलोकन गर्न आउँदा पनि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेका हुन ।
सर्लाहीको चक्रघट्टा गाउँपालिका १ स्थित शिवनगरमा आयोजित महारुन्द्र महायज्ञको दर्शन तथा अवलोकन गर्न सर्लाही आएका रक्षा मन्त्री उप्रेतीले रक्षामन्त्री भएको आडमा राज्यको सम्पतीको दुरुपयोग गरेका स्थानीय जानकारहरुको विष्लेषण छ ।पहिलो पटक धेरै दिन रक्षा मन्त्री वन्न नपाएका नेकपा(एमाले)का नेता उप्रेतीले दोस्रो पटक रक्षामन्त्री भएपछि नेपाली सेनाको हेलिकप्टर चढेर पहिलो पटक गृह जिल्ला सर्लाही आएका हुन ।
सर्लाही क्षेत्र नम्बर ३ आफ्नो निर्वाचन क्षेत्रमा भएको सर्लाही आएका रक्षा मन्त्री उप्रेतीले चक्रघट्टा गाउँपालिका १ स्थित शिवनगरमा आयोजित महारुन्द्र महायज्ञको दर्शन तथा अवलोकन गर्नुका साथै स्थानीयलाई सम्वोधन समेत गरेका छन् ।सक्ता र शक्तिमा पुगेपछि राज्यको सम्पती आफ्नै विर्ता हो भन्ने सम्झीने नेताहरुको स्वभावमा उनले पनि साथ दिएका स्थानीयको भनाई छ ।
तर रक्षा मन्त्री उप्रेतीको सचिवालयले बरहथवा नगरपालिका ११ स्थित हीरापुरमा नेपाली सेनाले निर्माण गरिरहेको बर्थिङ सेन्टरको निरीक्षण समेत गर्नु पर्ने भएकाले सेनाको हेलिकप्टर प्रयोग गरिएको बताएको छ ।रक्षा मन्त्री उप्रेती शिवनगर र हीरापुरको कार्यक्रम सकेर पुनःसेनाकै हेलिकप्टर मार्फत काठमाडौं फर्किएका रक्षा मन्त्री उप्रेतीको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार