395
Shares
सर्लाहीको लालबन्दीमा बिहीबार भएको रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेका छन् ।लायन्स क्लब लालबन्दी सिटी र लालबन्दी सिटी लियो क्लबले संयुक्त रुपमा बिहीबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेका लायन्स क्लब लालबन्दी सिटीका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए ।
उनका अनुसार लालबन्दी नगरपालिका ७ स्थित लालबन्दी बजारमा आयोजना गरिएको रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी जनकपुर शाखाले प्राविधिक सहयोग गरेको छ ।लालबन्दीमा लायन्स क्लब लगायतका सामाजिक विभिन्न संघ÷संगठनले समय समयमा विभिन्न रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।