Close This

सर्लाहीका १२० गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषण विषेश प्याकेज सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-३ गते   ७२ पटक हेरिएको

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) दोस्रो लहरमा गर्भवती तथा सुत्केरी महिलाहरुलाई विशेष पोषण युक्त खाद्यान्नको आवश्यकतालाई मध्यनजर गर्दै विशेष पोषण प्याकेज सहयोग गरेको छ । 
 टेवा नमक संस्थाले जिल्लाको चन्द्रनगर गांउपालिकाका १ सय २० गर्भवती तथा सुत्केरी महिलाहरुलाई १२ किसिमका खाद्यान्न तथा स्वास्थ्य सुरक्षा सामाग्रीको विशेष पोषण प्याकेज  प्रदान गरेको हो ।  भोरको पहल र टेवाको सहयोगमा उक्त पोषण प्याकेज प्रदान गरिएको भोरका अध्यक्ष पचुलाल माझीले जानकारी दिनु भयो । गर्भवती तथा सुत्केरी महिलाहरुलाई प्रदान गरिएको विशेष पोषण प्याकेजमा प्रति व्यक्ति एक क्यारेट अण्डा, दुई किलो अनार तथा स्याउ, दुई किलो नुन, पांच किलो पिठो, एक किलो छोकरा, हरियो तरकारी, स्वाबिन, दाल, साबुन र मास्क रहेको टेवाले जनाएको छ ।  
चन्द्रनगर गांउपालिकाका १, ४ र ५ को किसनपुर, रतनपुर, फरिद टोल, मोहनपुर र पोखरीया टोलका गर्भवती तथा सुत्केरी महिलाहरुलाई सो विशेष पोषण प्याकेज प्रदान गरिएको हो । तीन महिना भन्दा लामो लकडाउनले गर्दा विपन्न परिवारका गर्भवती तथा सुत्केरी महिलाहरुलाई कुपोषणको कुचक्रमा जाने थप जोखिम बढेकोले गर्दा भोरले टेवाको सहयोगमा विशेष पोषण प्याकेज प्रदान गरेको भोरका अध्यक्ष माझीले बताउनु भयो ।
उहाँका अनुसार प्रदेश २ लगायत देश भरीका विपन्न परिवारका  गर्भवती तथा सुत्केरी महिलाहरु लकडाउनमा खाद्यान्न अभावले गर्दा कुपोषणको थप जोखिममा रहेका छन् । र यस्तो विषम परिस्थितीमा पनि तीन तहको सरकारबाट खासै पहल नभएकोले गर्दा भोरले यो पहल थालेको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech