सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई उद्योग बाणिज्य संघ लालबन्दीले स्वागत तथा सम्मान गरेको छ।केही दिन पहिला मात्रै गोरखाबाट सरुवा भएर सर्लाही आएका प्रमुख जिल्ला अधिकारी कडरियालाई संघको आफ्नै कार्यालय लालबन्दीमा संघले स्वागत तथा सम्मान गरेको उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष महेश महत्तोले जानकारी दिए ।
उनका अनुसार प्रमुख जिल्ला अधिकारी कडरियालाई स्वागत तथा सम्मान कार्यक्रममा संघका अन्य पदाधिकारी र संघका संस्थापक अध्यक्ष देविबन्धु थापा लगायतको विशेष उपस्थिति रहेको थियो ।संघको स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कडरियाले आफू जिल्लामा रहँदा निजी क्षेत्रलाई पनि साथमा लिएर हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।