शसस्त्र प्रहरीद्धारा पर्सा १ सितलपुरबाट ठुलो मात्रामा भन्सार छलीको कपडा नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-१९ गते   ६५८ पटक हेरिएको

सर्लाहीको पर्सा गाउँपालिका १ स्थित सितलपुरबाट शसस्त्र प्रहरीले करिब दुई लाख बराबरको भन्सार छलीको कपडा बरामद् गरेको छ । पर्सा गाउँपालिका १ सितलपुर स्थित नेपाल भारत सिमाक्षेत्रबाट लुकाई छिपाई भन्सार छली नेपाल ल्याउदै गरेको अवस्थामा साडी,कुर्था,टप्स लगायतका बच्चाका कपडाहरु गरी अन्दाजी मुल्य एक लाख ७४ हजार बराबरको कपडा बरामद्  गरिएको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे।क्वा गण सर्लाहीले जनाएको छ ।


शसस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा(बिओपी) संग्रामपुरबाट शसस्त्र प्रहरी निरिक्षक केष्ण बहादुर गुरुङको कमाण्डमा गस्तीमा खटिएको शसस्त्र प्रहरी टोलीले भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मुल्य एक लाख ७४ हजार बराबरको साडी,कुर्था,टप्स लगायतका बच्चाका कपडाहरु बरामद् गरेको हो ।
बरामद् गरिएको सामान आवश्यक कार्बाहीको लागि सर्लाही भन्सार कार्यालयमा बुझाइएको शसस्त्र प्रहरीले जनाएको छ । शसस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा९बिओपी० संग्रामपुर प्रमुख भएर शसस्त्र प्रहरी निरिक्षक गुरुङ आएदेखि गैर कानुनी रुपमा भन्सार छलेर नेपाल भित्र्याउने सामानहरु निरन्तर नियन्त्रणमा लिने कबाम भएको छ भने तस्करहरुको निदहराम भएको स्थानीयले बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech