Close This

जिसस सर्लाहीका पदाधिकारी र सदस्यद्धारा शपथ ग्रहण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-५ गते   १७९५ पटक हेरिएको

 जिल्ला समन्वय समिति सर्लाहीका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको आज ९आइतबार० सपथ ग्रहण र प्रमाण–पत्र वितरण गरिएको छ । जिससको निर्वाचन कार्यक्रम अनुसार आज९आईतबार०मतदानको समय छुट्याइएको थियो । तर,असार ३ गते  शुक्रबार नै प्रमुख, उपप्रमुख र बाँकी ७ जना सदस्य निर्विरोध निर्वाचित भइसकेका कारण आज९आईतबार०सपथ ग्रहण र प्रमाण–पत्र वितरण गराइएको हो ।
मनोनयनको दिन नेपाली कांग्रेस र नेकपा९माओवादी केन्द्र०को गठवन्धनका उम्मेदवारले मात्रै मनोनयनपत्र दर्ता गराएपछि उहाँहरु नै निर्विरोध निर्वाचित हुनु भएको थियो । जिससको प्रमुखमा नेपाली कांग्रेसका कौशलकिशोर सिंह र उपप्रमुखमा माओवादी केन्द्रका जीतेन्द्र कुमार महतो निर्वाचित हुनु भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
त्यसैगरी सदस्यहरुमा कांग्रेसबाट रामबहादुर बोम्जन, अलाउँदिन मियाँ, रामशिला कुमारी यादव, रेखादेवी साह, पासवती देवी थरुनी र सोनावती देवी तथा माओवादी केन्द्रबाट हेम कार्की चयन हुनु भएको छ । 
निर्वाचित जिसस प्रमुख, उपप्रमुख र सदस्यहरुलाई सपथ ग्रहण सहित प्रमाण–पत्र वितरण गरिएको  मुख्य निर्वाचन अधिकृत एवम जिल्ला अदालत सर्लाहीका मुख्य न्यायधिश ध्रुब कुमार पियाले जानकारी दिनु भयो । उहाँका अनुसार जिसस प्रमुख सिंहलाई सर्लाही जिल्ला अदालतका मुख्य न्यायाधीश एवम मुख्य निर्वाचन अधिकृत पियाले शपथ ग्रहण गराउनुभएको थियो भने प्रमुख सिंहले उपप्रमुख र बाँकी ७ जना सदस्यहरुलाई शपथ ग्रहण गराउनु भएको छ । शपथग्रहण लगत्तै आज९आईतबार० नै प्रमुख, उपप्रमुख र सदस्यहरुले पदभार समेत ग्रहण गरी कार्यभार सम्हाल्नु भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका कार्यालय प्रमुख एवम निर्वाचन अधिकृत दिवाकर भुजेलले जानकारी दिनु भयो ।असार ३ गते शुक्रबार नै निर्विरोध निर्वाचित हुनु भएका प्रमुख,उप प्रमुखहरु सहित सदस्यहरुलाई तालिका अनुसार असार ५ गते अर्थात आज९आईतबार० सपथ ग्रहण गराउनुको साथै प्रमाण पत्र प्रदान गरिएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech