पिकअपको ठक्करबाट बागमती १२ का मगरको मृत्यु

177 Shares

सर्लाहीको बागमती नरपालिका ४ जिरायत चोक स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बागमती नरपालिका ४ जिरायत चोक स्थित भित्री सडक खण्डमा भरतताल बाट जिरायत तर्फ जाँदै गरेको ना.३ च.९५०० नम्बरको पिकअप भेनले सोही दिशा तर्फ जाँदै गरेको प्र २–०२–००४ प.३५०८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा बागमती नगरपालिका १२ का अन्दाजी ३२ वर्षिय साने मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार पिकअप भनेको ठक्करबाट मगरको टाउको,छाती र दायाँ खुट्टामा चोट लागि स्थानीय बागमती मोडेल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागी एलएस न्यूरो अस्पताल बारा पुर्यउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।दुर्घटनामा संग्लग्न मोटरसाईकलका साथै पिकअप र पिकअप चालक बागमती बागमती नगरपालिका ४ का अन्दाजी वर्ष ३१ का राजु गोलेलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

सम्बन्धित समाचार