बागमती नगरपालिकाका नगर प्रमुख थापा र उप प्रमुख माेक्तान मुछिएको मुद्दाकाे सुनुवाइ

373 Shares

सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा र उप प्रमुख लिलाकुमारी मोक्तान माथि लागेका दुईवटा भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा सुनुवाइ हुँदैछ।

विशेष अदालतका न्यायाधीशत्रय रामबहादुर थापा,रितेन्द्र थापा र विदुर कोइरालाको इजलासमा आजका लागि नगर प्रमुख थापा र उप प्रमुख माेक्तान सहित संग्लग्न मुद्दाको पेसी आजका लागि तोकिएको हो। २०७८ चैत २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर थापा, उप प्रमुख मोक्तानसहित चार जनाविरुद्ध रु पाँच करोड ३३ लाख अवैधानिक रूपमा आर्जन गरेको आरोपमा गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा दायर गरेको थियो।

त्यसपछि २०७९ जेठ २९ गते नगर प्रमुख थापासहित छ जना विरुद्ध बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन अवस्थामा रहेको बागमती माछा पाेखरी(भरत ताल)मा रु ३० करोड २९ लाख भ्रष्टाचार गरेको आरोपमा अर्को मुद्दा दायर गरिएको हो। अदालतले यसअघि दुवै मुद्दामा थप प्रमाण पेश गर्न आदेश दिएको थियो।

यसैबीच, नगर थापा र उप प्रमुख मोक्तानविरुद्ध जिल्ला अदालतमा रु ४९ करोड ४९ लाख बराबरको वनसम्बन्धी मुद्दा र विशेष अदालतमा रु ५६ करोड ७१ लाख बराबरको भ्रष्टाचारसम्बन्धी अर्को मुद्दा समेत दायर भएर अनुसन्धानकाे चरणमा छ।

सम्बन्धित समाचार