सर्लाहीको ईलाका प्रहरी कार्यालय लालबन्दीले गत सोमबार अवैध लागुऔष सहित नियन्त्रणमा लिएका मानिसलाई राजनैतिक दवाव र आर्थिक प्रलोभनमा परेर छाडेको पाइएको छ । पुर्व पश्चीम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका १ स्थित बागवानी जंगलवाट एक व्यापारीको रजनीगन्धा लुटेर भागेका हरिवन नगरपालिका ३ का गोलमोल चौधरीलाई पछि नियन्त्रणमा लिँदा उनको साथबाट अवैध लागु औषध नाइट्राभेट नौ सय पिस फेला परेको प्रहरी स्रोतको दाबी छ ।
ईलाका प्रहरी कार्यालय नवलपुरको घुमुवा हुँ भन्दै बागवानी जंगलबाट एक व्यापारीले ल्याएको रजनिगन्धा लुटेर चौधरी फरार भएका थिए । पछि खोज तलास गर्ने क्रममा चौधरीको साथबाट नौ सय पिस नाइट्राभेट नामक अवैध लागु औषध फेला परेको भएपनि ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्ता राम कार्कीले राजनैतिक दवाव र आर्थिक प्रलोभनमा परेर चौधरीलाई बुधबार छाडेका प्रहरी स्रोतले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार ईलाका प्रहरी कार्यालय हरिवनमा लामो समय घुमुवाको रुपमा बसेका प्रहरी हबल्दार हरेन्द्र यादवको संग्लग्नतामा चौधरीलाई विनासर्त ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक कार्कीले छाडेका छन् ।
सो विषयमा बुझ्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराजसुवेदीले आफुले ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक कार्कीसंग बुझ्ने बताए ।