सर्लाहीको लालबन्दीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले व्यानर सहितकाे र्याली निकालेकाे छ ।रास्वपाका केन्द्रीय सभापति एवम प्रतिनिधि सभा सदस्य रवि लामिछाने पक्राउ परेपछि रास्वपाले सरकारका विरुद्ध नारा जुलुस निकालेकाे हाे ।
रास्वपा लालबन्दी नगर समिति सभापती बाल कृष्ण कार्कीकाे नेतृत्वमा "राजनीतिक प्रतिशाेधकाे विरुद्धको ऐक्यबद्धताका लागि भन्दै सत्य डग्दैन,असत्य टिक्दैन ।"भन्दै व्यानर सहित निकालीएकाे र्यालीले लालबन्दी बजारकाे परिक्रमा गरेकाे हाे । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवम निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा विरुद्ध चर्काे नारा बाजि सहित रास्वपाले लालबन्दी बजारमा व्यानर सहितकाे र्याली निकालेर विराेध प्रदर्शन गरेकाे हाे ।
रास्वपा सभापति लामिछाने सहकारी ठगी प्रकरणमा विगत तीनदेखि जिल्ला प्रहरी कार्यालय कास्कीकाे हिरासतमा रहेका छन् ।