सर्लाहीको मलंगवा नगरपालिका ६ स्थित सुखैनियाबाट कटुवा पेस्तोल सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।मलंगवा नगरपालिका ६ सुखैनियाका अन्दाजी वर्ष २३ का राम हुलास पासवान र मोहन पासवानलाई कटुवा पेस्तोल सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार मलंगवा नगरपालिका ८ स्थित प्रहरी चौकी गोरखकाली र ट्राफिक प्रहरी चेक पोष्ट मलंगवाको संयुत्त टोलीले नियमित चेकजाँच गर्ने क्रममा बिआर ३० ए १०७१ नम्बरको भारतिय मोटरसाईकललाई रोकी चेकजाँच गर्दाराम हुलास पासवानको घरमा पेस्तोल रहेको रहस्य बाहिरिएको थियो ।
उक्त मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा कागज पत्र साथमा नरहेको तर मोवाईलमा रहेको भनी मोहन पासवानले कागजत पत्र देखाउने क्रममा उनका छोरा अन्दाजी वर्ष १२ का नवल पासवानले कटुवा पेस्तोल ताकेको फोटो मोबाईलमा फेला परेपछि थप अनुसन्धान गर्ने क्रममा उक्त पेस्तोल राम हुलासको रहेको थाहा पाएपछि राम हुलास समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक राईले बताए ।