Close This

सर्लाही ट्राफिकद्धारा साउन महिनामा साँढे ९ लाख राजश्व संकलन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-१ गते   ५१३ पटक हेरिएको

जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीले आर्थिक वर्ष २०७७÷०७८ को पहिलो  १ महिनामा ९ लाख भन्दा बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ९ लाख ३७ हजार राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
 आर्थिक वर्ष २०७७÷०७८ को साउन महिनामा ५५ वटा दुर्घटनामा ५ जनाको मृत्यु र ७९ जना सामान्य तथा गंभिर घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक सुर्य नारायण यादवले जानकारी दिनु भयो ।
आर्थिक वर्षको साउन महिनामा ५५ वटा दुर्घटनामा  ४ जना पुरुष र १ जना महिलाको ज्यान गएको छ । १६ जना पुरुष,१ जना महिला ४ जना बालीका र १ जना बालक गरी २२ जना गंभिर घाईते भएका छन भने ३४ जना पुरुष,९ जना महिला,१० जना कालक र ४ जना बालीका सामान्य घाईते भएका प्रहरी निरिक्षक यादवले बताउनु भयो । १ हजार ३ सय ४५ वटा साना तथा ठुला सवारी साधनलाई कार्बाही गर्दा चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ९ लाख ३७ हजार राजश्व संकलन गरेको प्रहरी निरिक्षक यादवले बताउनु भयो ।
 गत आर्थिक वर्षको साउन महिनामा १० वटा दुर्घटना हुँदा ८ जनाको ज्यान गएको थियो भने ९ जना घाइते भएका थिए । भने १४ लाख २ हजार ५ सय राजश्व संकलन भएको थियो । लक डाउनको विचमा पनि चालु आर्थिक वर्षमा ९ लाख ३७ हजार राजश्व संकलन भनेको धेरै भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech