सर्लाहीका विभिन्न स्थानहरुमा छठघाट धमाधम निर्माण गरिँदै

331 Shares

कात्तिक २२ गते मनाईने छठ पर्वका लागि तराईका जिल्लामा छठपूजाका लागि छठघाट निर्माण कार्य सुरु भएको छ ।यहाँका पोखरी, खोला,नहरलगायत जलाशय किनारमा बाँस गाडेर छठघाट बनाउने काम सुरु गरिएको हो । छठ पर्व आउनै लाग्दा सर्लाहीमा २० वटै पालिकामा जलाशय किनार सरसफाई गरी धमाधम छठघाट निर्माणको काम भइरहेका छन्।छठघाट निर्माणका लागि कतै स्थानीय वासिन्दा आफै त कतै वडा तथा नगरपालिकाको कार्यालयले रकम दिएर छठघाट निर्माणको काम अघि बढाएका छन् ।
प्राय ठाउँमा छठघाटमा बाँसको खट बाध्ने,बत्ती जडान गर्ने,टेन्ट राख्नेलगायत कामका लागि वडा कार्यालयले सहयोग गर्ने गरेका छन्।छठघाट आसपास सरसफाई गर्ने कामका लागि मजदुर खटिरहेका छन् ।अधिकांश स्थानमा दीपावलीअघि नै छठघाट तयार पार्ने गरी तयारी भइरहेको स्थानीयले बताएका छन् ।छठपर्वमा व्रतालुहरुले छठको मुख्य दिन सँझिया घाट अर्थात् छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिने र भोलीपल्ट त्यहीँबाट उहाउँदो सूर्यलाई अर्घ चढाउने प्रचलन रहेको छ ।व्रतालुहरु अहिलेदेखि नै छठको व्रतमा प्रयोग हुने सरसामग्री जुटाउने काममा लागिसकेका छन् ।
छठ पर्व के हो?
छठ पर्व एक प्रमुख हिन्दू पर्व हो, जुन विशेष गरी नेपाल र भारतको बिहार,झारखण्ड,उत्तर प्रदेश र नेपालका मधेश प्रदेशहरुमा मनाइने यो महत्वपुर्ण चाड पछिल्लो समय नेपालका पाहाडी जिल्लाहरुमा समेत यो पर्व मनाउन थालिएको छ । यो पर्व सूर्य देवता र छठी माईको पूजा गर्नका लागि समर्पित छ।
किन मनाईन्छ?
छठ पर्व सूर्य र प्रकृतिसँगको सम्बन्धलाई सम्मान गर्न र धन्यवाद दिनका लागि मनाइन्छ। यो पर्व सृष्टिको स्रोत सूर्यको महत्व र जीवनको पोषणमा यसको भूमिकालाई उजागर गर्दछ। यस पर्वमा विशेष गरी गर्भवती महिलाहरू र नवजात शिशुका लागि सूर्य देवता र छठी माईबाट स्वास्थ्य र समृद्धिको आशीर्वाद मागिन्छ।
कसरी मनाइन्छ?
छठ पर्व चार दिनसम्म मनाइन्छ, र यसमा विभिन्न विधिहरू समावेश छन्ः
१)नहाय खायःपहिलो दिनको सन्देशको रूपमा स्नान गरेर विशेष खाना तयार गरिन्छ।यो दिन विशेष रूपमा शुद्धता र पवित्रता पालन गर्न महत्वपूर्ण छ।
२) खरनाःदोस्रो दिन,दिनभरि उपवास गरेर साँझमा विशेष मिठाई र खाजा बनाइन्छ, जसमा सखर र चामलको बनेका परिकार समावेश हुन्छन्।
३)सूर्यको पूजाःतेस्रो दिनको बिहान,भक्तजनहरू नदी,ताल,वा कुनै जलाशयमा गएर सूर्यको पूजा गर्छन्।सूर्यलाई अर्घ दिने क्रममा विशेष प्रसाद अर्पण गरिन्छ।
४)उपवासको अन्त्यःचौथो दिन सूर्यको उदयको समयमा पुनःपूजा गरिन्छ र उपवास समाप्त गरिन्छ।
छठ पर्वले एकताको भावना,संस्कृतिका संरक्षण र पारिवारिक सम्बन्धहरूको महत्वलाई प्रगाढ बनाउँछ। यो पर्व समाजमा सहिष्णुता र सद्भावको सन्देश पनि प्रसारित गर्छ।

सम्बन्धित समाचार