नेकपा(एमाले)ईश्वरपुर नगर कमिटीको नेतृत्व चयन गर्न निर्वाचन हुने भएको छ । इश्वरपुर नगरपालिका ६ स्थित रहेको उद्योग वाणिज्य संघ बयलवासको सभा हलमा शनिबार उद्घाटन भएको दोस्रो नगर अधिवेशनमा नयाँ नेतृत्वका लागि सहमतीको प्रयास असफल भएपछि निर्वाचन हुने भएको हो ।ईश्वरपुर एमालेको नेतृत्वका लागि अहिलेका अध्यक्ष मिनप्रसाद गौतम र ध्वजमान मोक्तान दुवै जनाले आफ्नो अडान नछाडेपछि आईतबार(भोलि) निर्वाचन गरिने भएको एमाले इश्वरपुरले जनाएको छ ।
नयाँ नेतृत्व चयनका लागि इश्वरपुर नगरपालिकाका १५ वटा वडाबाट छानिएर आएका तीन सय २१ जना प्रतिनिधिहरुले मतदान गर्न पाउने छन्।२० वटा पालिका रहेको सर्लाहीका अधिकांश पालिकाहरुमा एमालेले आफ्नो अधिवेशन गरि सकेको छ भने लालबन्दी नगरपालिकामा निर्वाचन प्रक्रिया मार्फत नयाँ नेतृत्व चयन भएको हो ।