कमलामाई मिडिया प्रा.लि.सबै चुनौतीको सामाना गर्दै ७ औँ वर्षमा प्रवेश

214 Shares

कमलामाई मिडिया प्रा.लि.आफ्नो स्थापना दिवस मनाउँदै आजबाट औपचारिक रूपमा सातौँ वर्षमा प्रवेश गरेको छ।विगत छ वर्षदेखि समाचार,सूचना र जनसरोकारका विषयलाई प्राथमिकताका साथ उजागर गर्दै आएको संस्थाले सातौँ वर्षमा प्रवेशसँगै अझ जिम्मेवार, विश्वसनीय र प्रभावकारी पत्रकारिताप्रति आफ्नो प्रतिबद्धता दोहो¥याएको छ।
स्थापनाकालदेखि नै अन्याय,अत्याचार,भ्रष्ट्राचार,घुसपेठ,कालोबजारी,विकृति,विसंगतिका विरुद्ध तथा सत्य,तथ्य र निश्पक्ष सामाचार दुर दराजमा पुर्याउन  र जनताको आवाजलाई सशक्त रूपमा निरन्तर समाचारजन्य सामाग्रीको रुपमा सम्प्रेषण गर्दै आएको कमलामाई मिडिया प्रा.लिले स्थानीय समुदायको आवाजलाई राष्ट्रिय तहसम्म पु¥याउने प्रयास गर्दै आएको जनाएको छ।सीमित स्रोत–साधनका बाबजुद पनि सत्य, निष्पक्ष र तथ्यमा आधारित पत्रकारितालाई निरन्तरता दिँदै आएको छ।
लोकतन्त्रको आधारस्तम्भका रूपमा सञ्चार क्षेत्रले नागरिकलाई सु–सूचित मात्र बनाउँदैन,राज्यका निकायलाई जवाफदेही बनाउन पनि महत्वपूर्ण भूमिका खेल्छ भन्ने जिम्मेवारीलाई आत्मसात् गर्दै स्थापना भएको कमलामाई मिडिया प्रा.लि.ले आज सफलतापूर्वक आफ्नो ६ वर्ष पार गरी ७ औँ वर्षमा प्रवेश गर्ने यात्राका क्रममा विभिन्न चुनौती पनि सामना गरेको छ। आर्थिक अभाव,विज्ञापनको कमी,सञ्चार क्षेत्रको बढ्दो प्रतिस्पर्धा,कानुनी जटिलता तथा समाचार संकलनका क्रममा हुने दबाब र धम्कीका बीच पनि पत्रकारिताको धर्मबाट विचलित नभई कमलामाई मिडिया प्र.लि अघि बढी रहेको संस्थाका सञ्चालकले बताएका छन् ।कमलामाई मिडिया प्रा.लि.ले स्थानीय नागरिकका आवाज,पीडा र अपेक्षालाई प्राथमिकताका साथ उठाउँदै सार्वजनिक निकायलाई जवाफदेही बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। सार्वजनिक सरोकारका विषयमा खोजमूलक समाचार,सम्पादकीय तथा विश्लेषणात्मक सामाग्री प्रकाशन तथा प्रसारण गर्दै समाजमा सकारात्मक बहस सिर्जना गर्ने प्रयास निरन्तर जारी रहेको पनि संस्थाको भनाइ छ।
सातौँ वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले पत्रकारिताको गुणस्तर थप सुदृढ बनाउने, डिजिटल प्रविधिको अधिकतम उपयोग गर्ने,खोजमूलक पत्रकारितालाई प्रोत्साहन गर्ने तथा ग्रामीण क्षेत्रका आवाजलाई अझ प्रभावकारी रूपमा उजागर गर्ने योजना सार्वजनिक गरेको छ। साथै सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि,पाठक तथा दर्शकसँगको सम्बन्ध थप मजबुत बनाउने र अन्याय, अत्याचार, भ्रष्ट्राचार,  घुसपेठ, कालोबजारी ,विकृति,विसंगतिका विरुद्ध तथा सत्य,तथ्य र निश्पक्ष सामाचार दुर दराजमा पुर्याउने  र जनताको आवाजलाई थप सशक्त बनाउने लक्ष्य पनि लिइएको छ।
यस अवसरमा कमलामाई मिडिया प्रा.लि.ले आफ्ना पाठक,दर्शक,विज्ञापनदाता,शुभेच्छुक, समाचार स्रोत,सहयोगी संस्था तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ,सहयोग र विश्वास गर्ने सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गरेको छ।आगामी दिनमा पनि नागरिकको विश्वासलाई केन्द्रमा राख्दै जिम्मेवार ,निष्पक्ष, विश्वसनीय र जनमुखी पत्रकारितालाई निरन्तरता दिने प्रतिबद्धता संस्थाले व्यक्त गरेको छ।
स्थानीय सञ्चार माध्यमको सशक्तीकरण र लोकतान्त्रिक समाज निर्माणमा स्वतन्त्र तथा उत्तरदायी पत्रकारिताको भूमिका महत्वपूर्ण हुने विश्वासका साथ कमलामाई मिडिया प्रा.लि. सातौँ वर्षको यात्रामा थप उत्साह,ऊर्जा र जिम्मेवारीका साथ अघि बढ्ने जनाएको छ।एउटा दैनिक पत्रिका सहित एउटा अनलाईन पत्रिका र एउटा युटुब च्यानल सञ्चालन गरी रहेको कमलामाई मिडिया प्रा.लि.ले युग सुहाउँदो पत्रकारितालाई प्राथमिकता दिनेपनि प्रतिवद्धता जनाएको छ ।

सम्बन्धित समाचार