हरिवन २ मा छठकाे शुभकामना सहित ४५ जना जेष्ठ नागरिक सम्मानित

एसपि गौरव    प्रकाशित: २०८०-८-३ गते   ३४३ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका २ का ४५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । हरिवन नगरपालिका २ काे संयाेजन तथा जन जागरण युवा क्लवकाे आयाेजनामा भएको छठ पर्वकाे शुभकामना आदान प्रदान कार्यक्रममा वडाका ४५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हरिवन नगरपालिका २ का वडा अध्यक्ष अर्जुन याेन्जनले जानकारी दिए ।
जन जागरणा युवा क्लब हरिवन नगरपालिका २ का अध्यक्ष विनाेद कुमार महताेकाे अध्यक्षता एवम हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथाेकी(कमल)काे प्रमुख आतिथ्यातमा भएको 
जेष्ठ नागरिक सम्मान तथा साँस्कृतिक कार्यक्रममा वडाका ४५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको स्थानीय रामपुकार महताेले जानकारी दिए । 
उनका अनुसार कार्यक्रममा हरिवन नगरपालिकाकी नगर उप प्रमुख हरिमाया घलान लगायत स्थानिय भद्रभलादमी मिस्री लाल महताे  लगायतकाे उपस्थितिमा कार्यक्रम गरिएको हाे । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech