प्रमुख जिल्ला अधिकारी धमाला भन्छन् “सेवा प्रवाहलाई सहज र सरल बनाउछु”

117 Shares

जिल्ला प्रशासन कार्यालय सर्लाही र जिल्लाका अन्य निकायहरुमा सेवा प्रवाहलाई चुस्तदुरुस्त पार्दै सहज र सरल रुपमा आम नागरिकसंग सेवा पँहुच पुर्याउने आफ्नो पहिलो प्रथमिकता रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले बताए । जिल्ला प्रशासन कार्यालय सर्लाीबाट दिईने सेवाहरु नगरिकता,पास पोर्ट र राष्ट्रिय परिचयपत्र वितरण प्रणालीलाई व्यवस्थीत गर्दै छिटो र सहज रुपमा सेवा पाउने गरी काम गर्ने कमलामाई मिडिया प्रा.लिसंग प्रमुख जिल्ला अधिकारी धमलाले बताए ।

उनले जिल्लामा हुने अवैध भन्सार छली,चोरी निकासीलाई नियन्त्रण गर्न प्रहरीको निगरानी बढाउने र अनुचित लेनदेन,मिटर ब्याजीलाइ कारवाही जस्ता कामलाई पनि प्राथमिकताका साथ काम गर्ने बताउनु भयो।जिल्लाका स्थानीय तहसंग समन्वय गरि बजार अनुगमन,लागु औषध दुव्र्यसानी नियन्त्रण तथा स्थानीय तहहरुसंग सिसि टिभी क्यामरा जडान गराई,बढ्दो सवारी चोरीलाई नियन्त्रण गर्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी धमलाले बताए ।

उनले स्थानीय राजनिति दलका नेता तथा स्थानीय निकायहरुका साथै सञ्चारकर्मीहरुको साथ सहयोग रहेमा उपलब्धीमुलक कामहरु गर्न सकिने भएकाले सवैको साथ र सहयोग आवश्यक रहेको समेत बताए । केही महिना पहिला सर्लाही आएका प्रमुख जिल्ला अधिकारी धमलाले नेपाल भारत खुल्ला सिमा क्षेत्र र पारिवारिक सम्बन्ध,स्थानीय तहहरुबाट हुने सेवा प्रवाहमा सहजताका साथै नदीजन्य पदार्थहरुको अवैध उत्खनन्लाई न्युनिकरण गर्न आफु सर्लाही रहँदा सम्म लागि रहने समेत बताए ।

सम्बन्धित समाचार