आफूलाई“जेन जी”भनेर चिनाउने नवयुवा र विद्यार्थीहरूले अगुवाइ गरेको प्रदर्शनका क्रममा १९ जना मारिएका छन् ।भने सयौँ घाईते भएका छन् ।काण्ठमाण्डौँ सहित देशभरीका विभिन्न स्थानमा भएको झडपमा प्रहरीले बल प्रयोग गर्दा कम्तीमा १९ जना मारिएका नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।प्रहरीका अनुसार कोशी प्रदेशको इटहरीमा पनि दुई जनाको र काठमाण्डौँमा १७ जना गरी १९ जनाको ज्यान गएको हो ।
सामाजिक सञ्जालहरु माथिको प्रतिवन्धका कारण तातेका नवयुवा र विद्यार्थीहरूले भ्रष्ट्राचारको समेत विरोध गरेका हुन।आफूलाई “जेन जी”भनेर चिनाउने नवयुवा र विद्यार्थीहरूले अगुवाइ गरेको प्रदर्शनका क्रममा हिंसा मच्चिएपछि देशका विभिन्न सहरहरूमा स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ।संघीय राजधानी काठमाण्डौँ,पोखरा,बुटवल,भैरहवा र इटहरी लगायतका क्षेत्रमा सोमवार दिउँसोबाट कफ्र्यु आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ ।

आफूलाई “जेन जी”भनेर चिनाउने नवयुवा र विद्यार्थीहरूले कफ्र्युका वावजुद पनि आफ्ना आन्दोलनका कार्यक्रमहरु जारी राखेका छन्।सोमबार बिहानदेखि माइतीघर मण्डलाबाट सुरू भएको “जेन जी”पुस्ताका युवा र किशोर किशोरीहरूको प्रदर्शन मध्यान्ह नयाँबानेश्वरस्थित संघीय संसद् भवन रहेको निषेधित क्षेत्र पुगेपछि झडप सुरु भएको थियो।भ्रष्टाचार,नातावाद र बेथिति विरुद्ध नारा लगाउँदै अघि बढेका“जेन जी”पुस्ताका युवा र किशोर किशोरीहरू तारबार र पर्खाल तोडेर संसद् भवनको परिसरसम्म प्रवेश गरेर तोडफोड र आगजनी गरेका थिए।
सरकारले केही चल्तीका सामाजिक सञ्जालको पहुँचमा लगाएको प्रतिबन्ध र राजनीतिक भ्रष्टाचारको विरोधमा आफूलाई “जेन जी”भनेर चिनाउने नवयुवा पुस्ताले सामाजिक सञ्जालकै माध्यमबाट देशका मुख्य सहरहरूमा विरोध ¥याली आव्हान गरेका थिए।
झडप सुरु भएपछि काठमाण्डौँमा स्थानीय प्रशासनले संसद् भवन परिसर वरपरका ठाउँमा र पछि अन्य संवेदनशील मानिएका स्थानमा कफ्र्यु आदेश विस्तार गरेको थियो ।राष्ट्रपति निवास शीतल निवास,उपराष्ट्रपतिको कार्यालय,नारायणहिटी दरबार सङ्ग्रा्रहालय र बानेश्वर संसद् भवन आसपासको क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको थियो।“जेन जी”समुह संसद् भवन परिसरमा प्रवेश गरेपछि सोमवार दिउँसोका लागि तय भएको राष्ट्रिय सभाको बैठक बुधवारका लागि सारिएको संसद् सचिवालयका महा सचिव पद्म प्रसाद पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ।
सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका युवाहरू संसद् भवन परिसरमा प्रवेश गरेपछि कफ्र्यु घोषणा गरेलगत्तै काठमाण्डौँका सडकमा नेपाली सेना परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता एवम सहायक रथी राजाराम बस्नेतले बताए ।उनका अनुसार स्थानीय प्रशासन ऐन २०२८ मा भएको व्यवस्था बमोजिम जिल्ला सुरक्षा समितिको सिफारिसमा नेपाली सेना खटिएको हो ।
टिकटकमा विभिन्न नेताका छोराछोरीको “विलासी जीवन”झल्काउने तस्बिर तथा भिडिओ राखेर केही युवाले लाभको पदमा पुगेका नेताहरूले स्वार्थपूर्वक आफ्ना सन्तानलाई फाइदा पु¥याएको तर देशका लागि काम नगरेको भन्ने आशयसहित“नेपो बेवी”ट्रेन्ड सुरु गरेका छन्।बिहीवार सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेलगत्तै युवाहरूले सामाजिक सञ्जालकै माध्यमबाट त्यसप्रति असन्तुष्टि र आक्रोश व्यक्त गर्न थालेका थिए।यता,जनताको ज्यान भन्दा सरकारको निर्णय ठूलो नभएको भन्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदर्शनकारीहरू हताहत भएकोमा दुःख व्यक्त गरेका छन् ।
त्यसैगरी,जेन–जी युवाहरुद्वारा काठमाडौंसहित देशका विभसन्न शहरहरुमा गरिएको विरोध प्रदर्शमा सरकारले चरम दमन गरेको भन्दै सर्लाहीको नवलपुरमा स्थानीय युवाहरुले पुर्व पश्चीम राजमार्ग अवरुद्ध सहित प्रदर्शन गरेका छन् ।
नवलपुरको प्रदर्शनमा सहभागि युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओली सहित वर्तमान सरकारले राजिनामा दिनुपर्ने,प्रदर्शनका क्रममा जेन–जी युवाहरुको हत्यारालाई कारबाही गर्नुपर्ने लगायत नारा लगाएका थिए । युवाहरुको प्रदर्शनका कारण सोमबार साँझ ६ बजेदेखि १ घण्टा प्र्व पश्चीम राजमार्गमा लामो तथा छोटो दुरीका सवारीसाधन आवतजावत ठप्प भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख एवम प्रहरी नायब उपरीक्षक सरोज राइले जानकारी दिए ।
जेनजीलाई दुरुपयोग गरेर हिंसा भड्काइयो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले “जेन जी”प्रदर्शनमा भएको हिंसात्मक घटनाका विषयमा ब्रिफिङ गरेका छन्।बालुवाटारमा सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले “जेन जी”प्रदर्शनमा घुसपैठ भएको निष्कर्ष सुनाएका हुन।स्रोतका अनुसार प्रधानमन्त्री ओलीले “जेन जी” प्रदर्शन घुसपैठ हुँदा अप्रिय घटना घट्न पुगेको हो।प्रधानमन्त्री ओलीले “जेन जी”पुस्तालाई दुरुपयोग गरेर हिंसा भड्काएको बताएका थिए।
त्यस्तै,गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्।बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर गृहमन्त्री लेखकले राजीनामा बुझाएका हुन्।यसअघि गृहमन्त्री लेखकले नैतिकताका आधारमा आफूले राजीनामा दिने बताएका थिए।“यत्रो मानवीय नरसंहार भएपछि मैले नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्छ। कांग्रेस बैठकमा पनि मैले राजीनामा दिन्छु भनेको छु।” उनले भनेका थिए।कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न गृहमन्त्री लेखकलाई निर्देशन दिएका थिए। त्यसपछि“राजीनामा दिन्छु।”भन्दै गृहमन्त्री लेख बालुवाटार हिंडेका नेपाली कांग्रेस स्रोतले जनाएको छ ।