पर्साको पर्सागढी गाउँपालिका १ मनवाबाट वन गस्ती टोलीले दुई थान सालको काठ सहित दुई वटा साईकल नियन्त्रणमा लिएको छ।पर्सागढी गाउँपालिका १ मनवा गेट नजिकैबाट तस्करी हुँदै गरेको करिब १४ क्युविफिट सालको काठ र दुई वटा साईकल नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय पर्साका प्रमुख एवम डिभिजन वन अधिकृत मन्जुर अहमद्ले जानकारी दिए ।उनका अनुसार मनवा सव डिभिजन वन कार्यालय सखुनियाबाट खटिएको वन गस्ती टोली र बागेश्वर त्रित्रौनाबाट खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले आईतबार राती करिब १४ क्युफिट सालको काठ सहित दुई वटा साईकल नियन्त्रणमा लिएको हो ।
काठ तस्करहरुले पर्सागढी नगरपालिका १ मनवा गेटबाट दोहरीतर्फ साईकलमा काठ लैजादैँ गरेको अवस्थामा गस्ती टोलीलाई देखेर तस्करहरु काठ सहितको साईकल छाडेर फरार भएका मनवा सव डिभिजन वन कार्यालय सखुनियाले जनाएको छ ।डिभिजन वन कार्यालय पर्सामा प्रमुखको रुपमा डिभिजन वन अधिकृत अहमद् गएदेखि काम चोर कर्माचारीहरुका साथै काठ चोरी तस्करी गर्नेहरुको निद् हराम भएको छ ।