Close This

नेकपा सर्लाहीको जिल्ला स्तरीय बृहद कार्यकर्ता भेला सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-१२ गते   ३९५ पटक हेरिएको

 नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सर्लाहीले प्रतिनिधि सभा विघटन विरुद्ध सर्लाहीमा प्रदर्शन सहित जिल्ला स्तरीय बृहद कार्यकर्ता भेला सम्पन्न गरेको छ । सर्लाहीको बरहथवा नगरपालिका ९ मूर्तियाको सभाहलमा नेकपा सर्लाहीले जिल्ला स्तरीय बृहद कार्यकर्ता भेला सम्पन्न गरेको हो । 
नेकपाको केन्द्रीय सदस्यहरु रामेश्वर राय यादब,डाचाराज वाग्ले,अच्युतम काफ्ले,लक्ष्मण पौडेल,रबिन्द्र बैठा लगायतले विशाल विरोध प्रदर्शन पछिको जिल्ला स्तरीय बृहद कार्यकर्ता भेलाको सम्बोधन गरेका छन् ।


बरहथवा नगरपालिका ९ मूर्तियाको सभाहलमा भएको कार्यक्रमका वक्ताहरुले दाहाल–नेपाल पक्षले नेकपाका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसक्तावाद लादेर पार्टीलार्य एकलौटी ढंगले सञ्चालन गरेको,जनता,संविधान र पार्टीको भावना विपरित प्रतिनिधि सभा विघटन गरेको भन्दै प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कार्बाहीको माग पनि गरेका छन् ।
असंवैधानिक कदम फिर्ता गर, पार्टी एकता कायम गर, जस्ता नारा ¥यालीमा लगाइएको थियो । संविधानमा नै नभएको अधिकार प्रधानमन्त्रीले प्रयोग गरेकाले प्रतिनिधि सभा विघटन नहुने कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाको केन्द्रीय सदस्य एवम पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादबले बताउनु भयो । प्रधानमन्त्री ओलीको यो गलत कदम हो, त्यै भएर विरोधमा उत्रिनु परेको उहाँको भनाई छ ।
संविधान र गणतन्त्रको रक्षा कालागि सडकमा ओर्लिएको नेकपाका केन्द्रीय सदस्य एवम नेकपा सर्लाहीका इन्चार्ज डाचाराज वाग्लेले बताउनु भयो । नेकपा सर्लाहीका अध्यक्ष रेबती पन्त,सचिब कमल बुढाथोकी,प्रदेश सभाका सदस्यहरु डिल्ली उप्रेती,बेची लुंगेली,पार्टीका प्रदेश कमिटीका सदस्यहरु,जिल्ला कमिटीका नेता तथा कार्यकर्ताहरु, बिभिन्न जनबर्गीय संगठन नेताहरु,जनप्रतिनिधिहरु लगायत अगुवा नेता,कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको अनेरास्ववियू सर्लाहीका संयोजक विवेक मैनालीले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech