तराई मधेशमा दशैँको अवसरमा महिलाले देखाउने साझा लोक संस्कृति झिझिया लोप हुन थालेको छ। नेपालको तराई मधेश तथा उत्तर बिहारको समान सांस्कृतिक धरोहरको रूपमा रहेको झिझिया तराई मधेशका गाउँघरमा समेत खेल्न बन्द हुन थालेको हो ।
एक दशक पहिलेसम्म मनाइने गरेको महिलाहरूको स्वाभाविक सामूहिक उत्सव साना बालिकाहरूमा सीमित हुँदै लगभग लोप हुने अवस्थामा पुगिसकेको छ । प्वालै प्वाल पारिएको घैँटोमा दियो राखेर टाउकोमा राखी महिलाहरू झिझियाका गीत गाउँदै नाच्ने परम्परा थियो। घटस्थापनादेखि महानवमीसम्म राति सामूहिक रूपमा महिलाहरूले मौलिक शैलीमा गाउँदै तथा नाच्दै गाउँ डुल्ने गर्थे।
अब यो परम्परा नै लोप हुन थालेको लालबन्दी नगरपालिका ७ का स्थानिय जानकार उमाशंकर साहले बताए । ‘दशैँ आउनासाथ गाउँका छोरीचेलीमा झिझियाको उत्साह हुन्थ्यो’‘तर, आजभोलि सबैले यस संस्कृतिको नाम नै बिर्सिन थालेका छन्।’आधुनिक शिक्षा र सञ्चारको माध्यमले गर्दा झिझिया र भगतईजस्ता धार्मिक–सांस्कृतिक मनोरञ्जनात्मक सम्पदाहरू लोप हुन थालेका उनले बताए ।झिझिया गीतमा बोक्सी,जादुटुना जस्ता अन्धविश्वासात्मक भावको प्राधान्य थियो।