जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाही भित्र व्यापक आर्थिक चलखेल हुने गरेको रहस्य बाहिरिएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक रजोश घिमिरेको निर्देशनमा जिल्लाका विभिन्न ट्राफिक पोष्टहरुमा खटिएका ट्राफिक प्रहरी कर्मचारीहरुले अवैध तरिकाले असुली चलाउने गरेका पाइएको छ ।
यातायात व्यवस्था कार्यालय मलंगवाबाट असुलीको जिम्मा बरिष्ठ सई भानुभक्त नेपाललाई जिम्मा दिएर सवारी चालक अनुमती पत्रमा असुली चर्काएका,नयाँरोट काँटा,फूलजोर र कर्मैयाबाट समेत व्यापक असुली चलेको पाइएको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक घिमिरेले मासिक दररेट नै तोकेर जिल्लाका ट्राफिक प्रहरी युनिटहरुमा प्रमुख पठाउने गर्नुका साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाही अगाडि हुने नियमित चेकजाँचमा समेत रकम तोकेर डिउटी दिने गरिएको रहस्य बाहिरिएको हो ।
एक प्रहरी कर्मचारीका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाही अगाडि हुने नियमित चेकजाँचमा डिउटी गर्न चाहने ट्राफिक कर्मचारीहरुले दैनिक रु पाँच सय देखि एक हजार सम्म बुझाउनु पर्ने अनाथा डिउटी नपाउने समस्या छ । प्रहरी निरीक्षक घिमिरेले आफ्नो कुरा मान्ने ट्राफिक प्रहरी कर्मचारीहरुलाई मालदार मानिएका पोष्टहरुमा पठाउने र दररेट दिन नमान्ने कैयौं ट्राफिक प्रहरीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय भित्रै राख्ने गरेका पाइएको हो ।
प्रहरी निरीक्षक घिमिरेका विश्वास पात्र बरिष्ठ सई नेपालका साथै बरिष्ठ हबल्दार शिव काफ्लेको सल्लाहमा कसलाई कहाँ पठाउने भन्ने योजना बनाउने गरेका पाइएको हो ।सबै ट्राफिक प्रहरी पोष्टहरु मध्ये अति मालदार ठाउँ मानिने यातायात,नयाँरोड(काँटा),कर्र्मैया र फुलजोरका ईन्चार्जहरुले मासिक दररेटका साथै बरिष्ठ सई नेपाललाई पनि खुशी पार्नुपर्ने स्रोतको भनाई रहेको छ ।