गाउँपालिका अध्यक्ष यादवमाथी गोली प्रहार,सर्लाहीका जनप्रतिनिधिहरुद्धारा प्र.जि.अ.धमालालाई ज्ञापनपत्र

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-७-११ गते   ४८४ पटक हेरिएको

सर्लाहीको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार यादवमाथि एक अज्ञात समुहले गोली चलाएको विषयमा जिल्लाका जनप्रतिनिधिहरुको ध्यानाकर्षण भएको छ ।गाउँपालिका अध्यक्ष यादवमाथी कातिक ७ गते मंगलबार राती करिब ११ बजे एक अज्ञात समुहले आफ्नै घरमा गोली चलाएपछि जिल्लाका जनप्रतिनिधिहरुको ध्यानाकर्याण हुनुका साथै सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको सर्लाही क्षेत्र नम्बर २ का प्रदेश सभा सदस्यद्धय जंगीलाल रायले बताए ।

घटनाका दोषीलाई यथाशिघ्र पक्राउ गरी कानुनको दायरामा ल्याउन भन्दै प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलालाई आफु सहित सर्लाही क्षेत्र नम्बर २ का प्रदेश सभा कौशल किशोर रायसहितका जनप्रतिनिधिहरुले ज्ञापनपत्र बुझाएको प्रदेश सभा सदस्य रायले बताए । ।गाउँपालिका अध्यक्ष यादवमाथि कौडेना गाउँपालिका २ इनर्वास्थित आफनै घरमा कार्तिक ७ गते मंगलबार राति करिब ११ बजे एक राउण्ड गोली प्रहार भएको थियो ।

गाउँपालिका अध्यक्ष यादवकाअनुसार रातीको खाना खाएर हात धुने क्रममा घरको पश्चिम दिशाबाट गोली प्रहार भएको हो ।कसले र किन यस्तो आक्रमण गरेको हो ?यस बारेमा आफूलाई केही थाहा नभएको गाउँपालिका अध्यक्ष यादवले बताए ।घटना भए लगत्तै प्रहरी घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए । उनका अनुसार अज्ञात समुहले चलाएको गोलीले कुनै मानवीय क्षति भने भएको छैन् तर आफ्नो परिवारका मानिसहरु अहिले डरत्रासमा रहेको गाउँपालिका अध्यक्ष यादवले बताउए ।
“आफूले कहिल्यै पनि कसैको अहित नगरेको र समाजसेवामै जीवन विताईरहेको भएपनि यसरी अज्ञात समुहले आक्रमण गर्नु निकै दुखद् घटना हो ।”गाउँपालिका अध्यक्ष यादवले बताए ।उहाँले यस्ता अपराधिक घटना घटाउने व्यक्ति वा समुहलाई कानुनको दायरामा ल्याएर आवश्यक कार्बाही गर्नु पर्ने बताए । यस्ता अपराधिक घटना घटाउने व्यक्ति वा समुहको पहिचान गरि नियन्त्रणमा लिने र कानुनी कार्बाही गर्ने प्रमुख जिल्ला अधिकारी धमलाले प्रतिवद्धता जनाए । नेपाल भारत खुल्ला सिमानाका कारण जिल्लाका विभिन्न स्थानहरुमा समय समयमा अमानविय घटनाहरु भई रहेका प्रहरी स्रोतको दाबी छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech