बारा प्रहरीद्धारा अवैध मदिरा भट्टीमा प्रहरीको छापामारी १ लाख लिटर घरेलु मदिरा नष्ट

1.9k Shares

बाराको महागढीमाई नगरपालिकामा प्रहरीले छापामारी गरी १७ वटा अबैध घरेलु मदिरा भट्टी भत्काएको छ । महागढीमाई नगरपालिकाबाट ८० हजार लिटरभन्दा बढी मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीको टोलीले महागढीमाई नगरपालिकाको ३ र १० मा छापामारी अवैध घरेलु मदिरा भट्टी भत्काउनुका साथै मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ,भाडा र तयारी मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनु भयो ।उहाँका अनुसार प्रहरीले ८० हजार लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ र १० हजार लिटर बजार पठाउन ठिक्क पारिएको तयारी मदिरा जफत गरी नष्ट गरिएकोे प्रहरी उपरीक्षक बोगटीले बताउनु भयो ।
जिल्लामा अपराधिक गतिविधि,घरेलु हिंसा न्यूनिकरण गर्न अवैध घरेलु मदिरा उत्पादन भट्टी बन्द गर्नुपर्ने आवश्यकता देखिएकाले प्रहरीले विशेष टोली बनाएरै महागढीमाईको २ वटा गाउँमा छापा मारेको प्रहरी उपरिक्षक बोगटीले बताउनु भयो । उहाँका अनुसार अवैध घरेलु मदिरा भट्टि नष्ट गर्न जिल्ला प्रहरी कार्यालयबाट ४५ जनाको प्रहरी टोली खटिएको थियो ।
छापामारीका क्रममा पक्की घरभित्र अण्डरग्राउण्ट टंकी निर्माण गरेर मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चापदार्थ भण्डारण गर्ने गरेको भेटीएको पनि प्रहरीले जनाएको छ । यसका साथै मदिरा बनाउन अस्वस्थकर सामग्री प्रयोग गर्नुका साथै सडेगलेका वस्तु पनि प्रयोग गर्ने गरेको भेटिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार