उद्योग वाणिज्य संघ लालबन्दीको नयाँ नेतृत्व चयन भएको छ । शनिबार नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट अध्यक्षमा दीपेन्द्र कुमार बलम्पाकी (दीपक) विजयी हुनु भएको छ । बलम्पाकी ६ सय २५ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी पन्चलाल श्रेष्ठले १ सय १५ मत मात्रै प्राप्त गर्नुभएको छ ।
उद्योग वाणिज्य संघमा दर्ता भएका १ हजार २ सय ४९ जना उद्योगी,व्यवसायीमध्ये ७ सय ५३ जनाले मतदान गरेका हुन । ७ सय ५३ खसेको मत मध्य १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
उद्योग वाणिज्य संघ लालबन्दीको अध्यक्ष चयन गर्न शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म लालबन्दी नगरपालिका ७ बजारस्थित रहेको जानकी माध्यमिक विद्यालयमा मतदान सम्पन्न भएको थियो । मतदानमा ६० प्रतिशत उद्योगी,व्यवसायीले मतदान गरेका हुन । उद्योग बाणिज्य संघ लालबन्दीका १ हजार २ सय ४९ जना उद्योगी,व्यवसायीहरु मध्य ४० प्रतिशत मतदान कार्यमा अनुपस्थीत रहेका छन्।
निर्वाचन समितिले मतदान सम्पन्न भएको दुई घन्टाभित्रै मतगणना सम्पन्न गरी करिब ७ ः ३० बजे नै नतिजा समेत सार्वजनिक गरेको छ ।अध्यक्षमा विजयी बलम्पाकी उद्योग वाणिज्य संघ लालबन्दीको निवर्तमान कार्य समितिमा महासचिव रहनु भएको थियो । भनेउहाँले लालबन्दी नगरपालिका ९ मा होटल यूनाईटेड ईन सञ्चालन गरि रहनु भएको छ ।
व्यापारीहरुको छाता संगठन उद्योग वाणिज्य संघ लालबन्दीको ८ औँ वार्षिक साधारण सभा एवम अधिवेशन अन्तर्गत अध्यक्षबाहेक अन्य पदाधिकारी र सदस्यहरु भने असार १६ गते नै सर्वसम्मत चयन भइसकेका उद्योग बाणिज्य संघ लालबन्दीका निवर्तमान अध्यक्ष कल्याण कुमार ज्योशीले जानकारी दिनु भयो ।
जसअनुसार प्रथम उपाध्यक्षमा पूर्णप्रसाद चौलागाई,द्धितीय उपाध्यक्षमा प्रदीप भट्टराई,तृतीय उपाध्यक्षमा महेश कुमार महतो,महासचिवमा रामप्रसाद देवकोटा, उपमहासचिवमा चूडामणि उप्रेती, सचिवमा बिक्रम खड्का, कोषाध्यक्षमा सुवास दाहाल र सह–कोषाध्यक्षमा विशाल थापा सर्वसहमत चयन हुनु भएको हो ।
त्यसैगरी, सदस्यहरुमा कमला कुमारी थापा, केशव बहादुर दाहाल, सुधिर कुमार गुप्ता, गोपाल साह,नवलकिशोर यादव, ध्रुव विश्वकर्मा,दिनेश पाठक, विन्देश्वर कुमार सिंह, भेषनाथ दाहाल, सुदर्शन आचार्य, नागेन्द्र साह र अनुकुमारी श्रेष्ठ सर्वसम्मत चयन हुनु भएको उद्योग बाणिज्य संघ लालबन्दीले जनाएको छ ।