६ वर्षपछि जसपा नेपलाको मधेश सरकार ढल्यो,

90 Shares

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि उनको नेतृत्वको मधेश प्रदेश सरकार ढलेको छ।बुधबार(आज)बसेको मधेश प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत नपाएसँगै जनता समाजवादी पार्टी(जसपा)नेपालको सरकार पनि ढलेको हो । 
विगत छ वर्षदेखि मधेश प्रदेशको सक्ताको स्वाद चाखि रहेको जसपा नेपाल६ वर्षपछि सत्ताविहीन भएको हो।संघीयतापछि मधेस प्रदेशमा जसपा नेपालले लगातार सरकार चलाउँदै आएको थियो । यसअघि ५ वर्ष जसपा नेपालका लालबाबु राउत मधेस प्रदेशको मुख्यमन्त्री रहेका थिए । त्यसपछि जसपा नेपालबाटै यादवले मधेस प्रदेश सरकारको नेतृत्व गरेका थिए तर बुधबार(आज)उनले विश्वासको मत नपाएपछि जसपा नेपाल सत्ताविहीन हुन पुगेको हो । 
विरामी भएको बताउँदै संसद सचियावललाई पत्राचार गरि बुधबार(आज)को कार्यक्रम सार्न खोजेका मुख्य मन्त्री यादव अन्तत नीयमानुसार बैठक गराउन बाध्य भएका थिए।मधेश प्रदेश सभामा एक सय तीन सहभागी सांसदमध्ये मुख्यमन्त्रीको पक्षमा ५० र विपक्षमा ५३ मत खसेको थियो।सभामुख रामचन्द्र मण्डलले उक्त संख्या कूल संख्याको बहुमत नरहेकाले मुख्यमन्त्री यादवले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत गरेका थिए । सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता थियो । 
मुख्यमन्त्री यादवलाई जसपा नेपालसहित नेपाली कांग्रेस,लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपाल,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विश्वासको मत दिएका हुन् । अब केन्द्रीय सत्ता समीकरण अनुसार मधेस प्रदेशमा जनमत पार्टीले सरकारको नेतृत्व गर्ने मधेश प्रदेशका विभिन्न पाँच राजनीतिक दलहरुले यस अघि नै सहमती गरि सकेका छन् भने उनलाई नेकपा(एमाले),नेकपा(माओवादी केन्द्र)र नेकपा(एकीकृत समाजवादी)ले समर्थन गर्ने तयारी गरेका छन् । 

सम्बन्धित समाचार