Close This

डिआइजी ब्रम्हचार्यद्धारा सिमा अनुगमनमा तिब्रता,कानून बमोजिम काम गर्न आग्रह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२९ गते   ३०८८ पटक हेरिएको

आफैँ सिमा अनुगमनमा डिआइजी ब्रम्हचार्य

 सशस्त्र प्रहरी बल नेपाल नम्बर २ का बाहिनी पति डिआइजी कृष्णभक्त ब्रम्हचार्य निरन्तर सीमा निगरानीमा लाग्नु भएको छ । छिमेकी देश भारतसंगको सीमा क्षेत्रमा रहेका सिमा स्तम्भहरु र  सीमा नाकाबाट हुने अबैध क्रियाकलापको निगरानी डिआईजी ब्रम्हचार्यको ध्यान पुगेको छ ।
रौतहट,बारा र पर्सा लगायत प्रदेश नम्बर २ का ८ वट्टै जिल्लाहरूमा अहोरात्र आफै खटी डिआइजी ब्रम्हचार्यले निगरानी गर्न थाल्नु भएको हो । सीमामा खटिएका सशस्त्र प्रहरी बल नेपालका प्रहरीहरूलाइ कडा निगरानी बढाउन निर्देशन दिनुको साथै सीमाबाट हुने अबैध क्रियाकलापमा समेत निगरानी बढाउन डिआइजी ब्रम्हचार्यले निर्देशन दिनु भएको छ ।

  सोमबार बाराको सिम्रौनगढ, पिपरपाती, कवहिगोठ लगायतको ठाउहरूमा निरीक्षण गर्न पुग्नु भएका डिआइजी ब्रम्हचार्यले बाराको सबै बोर्डर आउट पोस्टका प्रमुखहरूलाइ निगरानी बढाउन निर्देशन दिनु भएको छ भने गल्ती गर्ने प्रहरी अधिकारीहरूलाइ कानून बमोजिम कारवाही हुने समेत चेतावनी दिनुभएको छ ।उहाले आफ्नो संगठनको नीति निर्देशन विपरित कुनैपनी बि.ओ.पि कमाण्डरले काम गरेको फेला परे आफू कारवाही गर्नबाट पछि नहटने बताउनु भयो ।
     सीमा स्तम्भको निरीक्षणमा निस्कनु भएका डिआइजी ब्रम्हचार्यले  सशस्त्र प्रहरी बल नेपालको जिम्मेवारी ठूलो भएको र आफ्नो संगठनले सीमा स्तम्भको लागि थप जनशक्ती परिचालन गर्ने डिआइजि  ब्रम्हचार्यले जानकारी दिनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech