जनज्योति मा.विका विद्यार्थीले खाजा खाने पैसा संकलन गरेर बाढी पीडितका लागि पठाए राहत सामाग्री

604 Shares

सर्लाहीको लालबन्दी नगरपालिका–९ स्थित रहेको जनज्योति मा.वि.का विद्यार्थीहरुले आफ्नो खाजा खाने पैसा संकलन गरेर भदौ १० गते रसुवामा आएको बाढी तथा पहिरोमा परेका पीडित परिवारका लागि सहयोग गरेका छन्।जनज्योति मा.वि.मा कक्षा ८ देखि १२ सम्म अध्यायन गर्ने विद्यार्थीहरुले खाजा खाने पैसा संकलन गरेर करिव साँढे तीन लाख बराबरको खाद्यान्न सहयोग गरेका जनज्योति मा.वि.मा कक्षा ११ मा अध्यायनरत विद्यार्थी प्रभिभ भट्टराईले जानकारी दिए । 
उनका अनुसार आफुहरुले संकलन गरेको राहत सामाग्री बाढी तथा पहिरो पीडितहरुसम्म प्रत्यक्ष पुगोस भनेर नेकपा(एमाले) निकट अनेरास्ववियुलाई जनज्योति मा.वि.को प्लस टु तर्फका इन्चार्ज शिक्षक बिष्णु खड्काको रोहबरमा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज आशिष बाबु दाहाललाई हस्तारण गरिएको हो ।
रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारलाई प्रत्यक्ष राहत पु¥याउने उद्देश्यले विद्यालयका विद्यार्थीहरूले आफ्नो दैनिक खाजा खर्चबाट रकम संकलन गरी खाद्यान्न सामाग्री खरिद गरेर सहयोग गरेका अर्का विद्यार्थी बरुण बराइलीले बताए ।
विपद्का कारण प्रभावित भएका पीडितलाई केही राहत मिलोस् भन्ने उद्देश्यले विद्यार्थीहरूले आफ्नो क्षमता अनुसार सहयोग जुटाएको विद्यालय प्रशासनले जनाएको छ।विद्यार्थीहरुले विपद्मा परेका नागरिकप्रति मानवीय संवेदना देखाउँदै सहयोग अभियानमा सहभागी भएर सकारात्मक सन्देश दिएका शिक्षकहरूको भनाइ छ।
“विद्यार्थीहरूले आफूले खाजा खान खर्च गर्ने रकमबाट केही हिस्सा छुट्याएर संकलन गरेका थिए।संकलित रकमबाट बाढी पीडितका लागि खाद्यान्न खरिद गरी सम्बन्धीत पक्षलाई हस्तान्तरण गरिएको छ।”विद्यालय प्रशासनले जनाएको छ ।
बाढी,पहिरो तथा अन्य प्राकृतिक विपद्को समयमा सरकारी तथा गैर–सरकारी निकायसँगै आम नागरिकको सहयोग पनि उत्तिकै महत्वपूर्ण हुने गरेको छ।यस्तो अवस्थामा विद्यालय तहबाटै विद्यार्थीलाई मानवीय सेवा,सामाजिक उत्तरदायित्व र सहयोगको भावना विकास गराउने गतिविधिले समाजमा सकारात्मक प्रभाव पार्ने शिक्षा क्षेत्रका जानकारहरु बताउँछन् ।
जनज्योति मा.विका विद्यार्थीहरूको यस पहलले “सानो सहयोगले पनि विपद्मा ठूलो अर्थ राख्छ।”भन्ने सन्देश दिएको छ।आफ्नो व्यक्तिगत आवश्यकता केही समयका लागि थाती राखेर विपद्मा परेका नागरिकका लागि सहयोग गर्नु अनुकरणीय कार्य भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भानुभक्त बरालले बताए ।
उनका अनुसार विद्यालयले आगामी दिनमा पनि विद्यार्थीमा सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना अभिवृद्धि गर्ने खालका गतिविधिलाई प्राथमिकता दिने छ।विद्यार्थीहरूको यो अभियानले बाढी पीडितलाई राहत पु¥याउनुका साथै समाजमा सहयोग र सहकार्यको संस्कार विकास गर्न समेत योगदान पु¥याउने अपेक्षा विद्यालयले गरेको छ।
यता,जनज्योति मा.वि.मा कक्षा ८ देखि १२ सम्म अध्यायन गर्ने विद्यार्थीहरुले खाजा खाने पैसा संकलन गरेर बाढी पीडितका लागि खरिद गरेको खाद्यान्न अनेरास्ववियु केन्द्रीय कमिटीले शुक्रबार बाढी पहिरो प्रभावित क्षेत्रमा गएर वितरण गर्ने अनेरास्ववियुका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज दाहालले बताए ।नेकपा(एमाले)ले विपद्मा सहयोग तथा उद्धार गर्ने भन्दै एउटा टोली नै खडा गरेर रसुवा पठाएको छ ।

सम्बन्धित समाचार