माओवादी केन्द्र प्रदेश २ को प्रथम सम्मेलन उद्धघाटन,बन्द सत्र ३ गतेपछि हुने

3.1k Shares

नेकपा(माओवादी केन्द्र) प्रदेश २ को प्रथम प्रदेश सम्मेलन आज(शनिबार)बाट शुरु भएको छ । माओवादी केन्द्रले सातै प्रदेशमा आज(शनिबार) एकैसाथ प्रदेश सम्मेलनको उद्घाटन गरेको हो । प्रदेशको पार्टी नेतृत्व चयन गर्ने भएकाले पनि यो सम्मेलनलाई नेताहरुले चासोका साथ हेरेका छन् । भने प्रदेशको पार्टी नेतृत्वका आकांक्षीहरु पनि आफ्नै तयारीमा जुटेका छन् । प्रदेश अध्यक्षका आकांक्षीहरु औपचारिकरुपमा खुल्न नचाहे पनि आफ्नो पक्षमा माहोल बनाउन विभिन्न  तयारीमा लागिपरेका स्रोतको दाबी छ ।
अहिले प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रम मात्र रहेको र पुस ३ गते बन्दसत्र हुने भएकाले अहिले नै आकांक्षीहरु औपचारिकरुपमा नखुलेका नेकपा(माओवादी केन्द्र) प्रदेश २ का अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिनु भयो । उहाँका अनुसार प्रदेश नेतृत्वका लागि प्रदेशसभा सदस्य जगत यादवको समेत दाबी रहेको छ । उनले प्रदेश २ माओवादी केन्द्रको उर्वर भूमि रहे पनि नेतृत्वले सही ढंगले सबैलाई समेटेर अघि नबढ्दा पार्टी संगठन कमजोर देखिएको बताएका छन् । प्रदेशमा पार्टी नेतृत्वको दाबी गर्दै उनले भने, ‘माओवादी पार्टी, संगठनलाई चलायमान बनाउन सही ढंगले विचार प्रवाह र सही नेतृत्व आवश्यक हुन्छ, त्यसैले प्रदेश अध्यक्ष पदमा मेरो दाबी छ ।’
अन्य आकांक्षीहरु खुल्न नचाहे पनि प्रदेश अध्यक्ष पदमा हालका अध्यक्ष प्रह्लाद बुढाथोकी ,प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साह र नेता रामकुमार शर्मा लगायतको दाबी रहेको छ । अहिले माओवादी केन्द्रमा प्रदेश २ को अध्यक्ष बुढाथोकी रहेका छन् । उनले प्रदेश २ को अध्यक्ष पदमा दोहो¥याउने सम्भावना प्रबल छ । तर अन्य नेताहरु पनि आकांक्षी देखिएका छन् ।
अहिले पनि प्रदेश २ को अधिकांश स्थानिय निकायहरुमा अधिवेशन हुन बाँकी रहेको छ । पालिका अधिवेशनपछि पुस ३ गते प्रदेश २ मा माओवादी केन्द्रको प्रदेश सम्मेलनको बन्दसत्र आयोजना हुने प्रदेश अध्यक्ष बुढाथोकीले बताउनु भयो । उहाँले पुस ३ सम्ममा अधिवेशन हुन बाँकी रहेका पालिकामा अधिवेशन सम्पन्न भइसक्ने भएकाले अहिले प्रदेश सम्मेलनको उद्घाटनसत्र मात्रै गरिएको बताउनु भयो ।
पूर्व मन्त्रीसमेत रहेका स्थायी समिति सदस्य महेन्द्र पासवानले प्रदेश इन्चार्जमा दाबी गरेका छन् । अहिले नेकपा माओवादी केन्द्रको प्रदेश २ इन्चार्ज गणेश साह रहेका छन् । स्रोतका अनुसार प्रदेश सचिव श्रवण यादव पनि प्रदेश अध्यक्ष पदका आकांक्षी हुन । तर उनले यस बारेमा खुलेर बोलिसकेका छैनन् । सर्वसम्मत रुपमै नेतृत्व चयन गर्ने सम्भावना रहेकाले पनि कतिपय आकांक्षीले खुलेर आफ्नो दाबी नगरेकामाओवादी केन्द्र निकट स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार