सर्लाहीको हरिवन नगरपालिका–३ बाट ठुलो परिमाणको लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।हरिवन नगरपालिका–३ डाबरी क्षेत्रमा लागूऔषधको बिक्री–वितरण भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक रबिन्द्रनाथ पौडेलको नेतृत्वको प्रहरी टोलीले सञ्चालन गरेको विशेष अप्रेशनका क्रममा हरिवन नगरपालिका–३ का अन्दाजी २२ वर्षीय कृष्ण प्रजा र अन्दाजी २३ वर्षीय मनोज मोक्तान सहित लागु औषध ओनेक्सएक्स तीन सय २६ बोतल,स्पाज्मोप एक सय ४४ ट्याब्लेट, नाइट्राजेपाम एक सय ३२ ट्याब्लेट सहित पाँच सय ८० ग्राम लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवत्ता एवम प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।

अभियानका क्रममा हरिवन नगरपालिका–३को डावरी क्षेत्रमा भेला भएका करिब ६० जनालाई लागूऔषधको दुव्र्यसन,यसको सामाजिक असर तथा कानुनी व्यवस्थाबारे अन्तरक्रिया र छलफलसहित सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।
नेपाल भारत खुल्ला सीमाना भएका कारण भारतिय बजारमा पाईने लागु औषध नेपाली बजाहरुमा सहजै भित्रने गरेको पाइएपछि प्रहरीले समय समयमा विभिन्न किसिमका अप्रेशनहरु सञ्चालन गरि रहेको भएपनि एकथरीको पेशा व्यवसाय नै त्यही भएकाले प्रहरीले पनि अपेक्षाकृत सुधार गर्न नसकेको एक सुरक्षाकर्मीले बताए ।