Close This

एक पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको बोलेरो र चालक प्रहरीको नियन्त्रणमा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२२ गते   १६५९ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका–९, सुखेपोखरीमा सोमबार साँझ पैदल यात्रीलाई ठक्कर दिएर भागेको बोलेरोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग २ च ४३८० नम्वरको बोलेरोको ठक्करबाट पैदलयात्री बागमती नगरपालिका–१, डुमाजोर शैलुङ डाँडाका ५७ वर्षीय ज्याम्याङ वाईबाको मृत्यु भएको थियो । भने पैदल यात्रीलाई ठक्कर दिएर बोलेरो फरार भएको प्रहरीले जनाएको थियो । 
मृतकको शव जिल्ला अस्पताल मलङ्गवा,सर्लाहीमा पोष्टमार्टमपछि परिवारले बुझेका ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । प्रहरीले वाईबालाई ठक्कर दिएर फरार बोलेरो मंगलबार दिउँसो कविलासी नगरपालिका अन्र्तगत गैरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सीसी टिभी फूटेजको रेकर्डका आधारमा निरन्तर खोजी गरी दुर्घटनामा संलग्न बोलेरो र त्यसका चालकलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनु भयो । उहाँका अनुसार मृतकको पनि राती अबेर परिवारका सदस्य आएर पहिचान गरेपछि मात्रै नाम, वतन खुलेको हो ।पछिल्लो समयमा भएका अधिकांश सवारी दुर्घटनामा सवारी साधनहरु फरार रहेपनि प्रहरीको सक्रियताका कारण खोजतलास गरी नियन्त्रणमा आएका छन् ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech