स्राेत नखेलेकाे रकम रु ४ लाख सहित एक युवक पक्राउ

3.1k Shares

स्राेत नखुलेको रु ४ लाख नेपाली रकम सहित एक किशोर पक्राउ गरेका छन् । भारत तर्फबाट ब्याग बोकेर पैदल नेपाल तर्फ आउँदै गरेका जलेश्वर नगरपालिका १२ थरुवाहीका १९ वर्षीय सुजित मण्डललाई रु ४ सय थान एक हजारको नोट सहित महाेतरी प्रहरीले पक्राउ गरेकाे हाे ।
भारतबाट व्याग बोकेर पैदल नेपालतर्फ आउँदै गरेका मण्डललाई जलेश्वर नगरपालिका ३ स्थित भन्सार कार्यालय अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख प्रहरी निरिक्षक कृष्ण पंगेनीले जानकारी दिनुभयाे । 
उहाँका अनुसार नियन्त्रणमा लिईएका युवालाई आवश्यक कार्वाहीका लागि जलेश्वर भन्सार कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार