राप्रपा लालबन्दी नगर कमिटिद्धारा पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध विरोध र्याली

2.1k Shares

सर्लाहीको लालबन्दीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध विरोध र्याली गरेको छ । लालबन्दी नगरपालिका  ७ स्थित लालबन्दी बजारमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध विरोध र्याली गरेको हो ।
 लालबन्दी नगरपालिका ७ स्थित लालबन्दी बजारमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) जिल्ला कार्यसमिति सर्लाहीको आयोजनामा भएको विरोध र्यालीमा देउवा सरकारले बढाएको डिजेल ,पेट्रोल ,ग्यासको अत्याधिक मुल्य वृद्धिको विरुद्धमा विरोध र्याली गरिएको राप्रपा लालबन्दी नगर कमिटीका अध्यक्ष गंगा चौलागाईंले बताउनुभयो । 
राप्रपा मधेश प्रदेशका सदस्य ओम प्रसाद मैनालीको विशेष उपस्थितीमा नगर कमिटि अध्यक्ष चौलागाँईको नेतृत्वमा पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध विरोध र्याली गरिएको राप्रपा नगर कमिटि लालबन्दीले जनाएको छ । राप्रपाले हातमा प्लेकार्ड ,व्यानर सहित  सेरे तेरो पाराले दुख पायो साराले लगायतका नारा लगाउदै शान्तीपुर्ण बिरोध ¥याली गरेका हुन ।

सम्बन्धित समाचार