सर्लाही मै पहिलो पटक खोपद्वारा रोकथाम गर्न सकिने रोगहरु सम्बन्धी अभिमुखीकरण

371 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १३ पत्थरकोट स्थित रहेको स्वास्थ्य चौकी पत्थरकोटमा लालबन्दी नगरपालिकाका विभिन्न ३ वटा वडाहरुका स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुलाई खोप द्वारा रोकथाम गर्न सकिने रोगहरु“विषयक अभिमुखीकरण तालिम”सम्पन्न भएको छ।लालबन्दी नगरपालिका १३ पत्थरकोट स्थित रहेको स्वास्थ्य चौकीमा लालबन्दी नगरपालिकाका विभिन्न ३ वटा वडाहरुका स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाहरुलाई खोप द्वारा रोकथाम गर्न सकिने रोगहरु“विषयक अभिमुखीरण तालिम”सर्लाहीमै पहिलो पटक सम्पन्न भएको आधारभूत स्वास्थ्य सेवा केन्द्र हिरापुरका प्रमुख जनस्वास्थ्य निरिक्षक राज कुमार सिंहले जानकारी दिए ।

WhatsApp Image 2025-06-16 at 10.26.52 PM.jpeg
उनका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ )को सहजीकरण  र पत्थरकोट स्वास्थ्य चौकीको व्यवस्थापनमा विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ ) का आइपिडि अफिसर डा.राजीव शर्माद्वारा अभिमुखीकरणको सहजीकरण गरिएको थियो।अभिमुखीकरण मार्फत दादुरा,अतिशिघ्र लुलो पक्षघात,जापानिज इम्सेफ्लाइटिस,नव शिशुु धनुष्टंकार लगायत रोगहरुको बारेमा व्याख्या गर्दै खोपद्वारा यिनीहरुको रोकथाम गर्न सकिने जनस्वास्थ्य निरिक्षक अमित गौतमले जानकारी दिए ।लालबन्दी नगरपालिकामा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी दुई वटा जापानिज इम्सेफ्लाइटिसका बिरामी फेला परेका लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।नगर स्वास्थ्य शाखाका अनुसार सन् २०२६ सम्ममा दादुरा रोग उन्मुलन गर्ने लक्ष्य लिईएको छ । 

dd.jpg

सम्बन्धित समाचार