कक्षा १२ को नतिजा सार्वजनिकको तयारी

414 Shares

राष्ट्रिय परीक्षा बोर्डले–२०८१ सालको कक्षा १२ को परीक्षाफल यसै साता सार्वजनिक गर्ने तयारी गरेको छ ।कक्षा १२ को परीक्षाफल तीन÷चार दिनभित्रै सार्वजनिक गर्ने तयारी गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।उनका अनुसार अबको तीन÷चार दिनभित्रै नतिजा सार्वजनिक गर्ने तयारी भएको छ ।
कक्षा १२ को परीक्षा गएको वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा देशभरबाट पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी भएका थिए ।जसमा नियमिततर्फ तीन लाख ९५ हजार नौ सय आठ जना र आंशिकतर्फ एक लाख १५ हजार छ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ ।बोर्डले वैशाख ११ देखि कक्षा १२ को परीक्षा सञ्चालनको तयारी गरेको थियो।तर, शिक्षक महासंघले गरेको आन्दोलनको कारण परीक्षा १० दिन पछाडि धकेलिएको थियो । 

सम्बन्धित समाचार