Close This

एमालेकाे तर्फबाट दुईजनाकाे उमेदवारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-१२ गते   २२०९ पटक हेरिएको

नेकपा (एमाले)को तर्फबाट लालबन्दी नगरपालिकामा दुईजनाको नगर प्रमुखकाे मनाेनयन दर्ता भएको छ । निवर्तमान नगर प्रमुख मानबहादुर खड्का र गाेविन्द महतले उम्मेदवारी दर्ता गराएका एमाले सर्लाहीले जनाएको छ । 
एमालेबाट लालबन्दीमा नगर प्रमुखमा निवर्तमान नगर प्रमुख खड्काले आज बिहान  ११ः४० बजे  निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हाे भने महत मनाेनयन दर्ता गराउन जाने तयारीमा रहनु भएको एमालेका एक नेताले बताउनु भयाे । एमालेको तर्फबाट नगर प्रमुखमा खड्काकाे उम्मेदवारी परिसकेको र अर्का उम्मेदवार महत पनि मनाेनयका लागि आउने तयारीमा रहनु भएको खबर आएकाे लालबन्दीका निर्वाचन अधिकृत विनाेदलाल श्रेष्ठले जानकारी दिनुभयाे ।
खड्काले एमाले प्रदेश कमिटिबाट नगर प्रमुख पदका लागि उमेदवारको टिकट पाउनु भएको थियाे भने नेता महतलाई एमाले केन्द्रले उमेदवार बनाएकाे एमाले स्राेतले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech