Close This

सर्लाहीमा २ सय २ जना उम्मेदवारहरु मध्ये १६४ जनाको जमानत जफत, ३८ जनाको फिर्ता

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-१६ गते   ४०९ पटक हेरिएको

मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा सर्लाहीबाट उम्मेदवारी दिएका मध्ये १ सय ६४ जनाको जमानत जफत भएको छ । जिल्लामा  प्रतिनिधि सभासदस्य निर्वाचन क्षेत्र ४ वटा र प्रदेश सभा निर्वाचन क्षेत्र ८ वटा रहेका छन् ।
जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ५८ जना र प्रदेशसभा सदस्यतर्फ १ सय ६ जना उम्मेदवारहरुको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । राजनितिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारी दिएकाहरु गरी कुल २ सय २  जनाको उम्मेदवारी रहेकोमा १ सय ६४ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका कार्यालय प्रमुख निर्मल पोख्रेलले जानकारी दिए ,
उनका अनुसार क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यतर्फ बिभिन्न राजनितिक दलका तर्फबाट उम्मेदवारी दिएका मध्ये ५ जना र स्वतन्त्र तर्फ उम्मेदवारी दिएका ११ जना गरि १७ जना उम्मेदवारहरुको जमानत जफत भएको हो ।
साथै, क्षेत्र नम्बर २ मा राजनितिक दलका ५ जना र स्वतन्त्र तर्फका ८ जना गरि १३ जना, क्षेत्र नम्बर ३ मा राजनितिक दलका ५ जना र स्वतन्त्र तर्फका ६ जना गरि ११ जना र क्षेत्र नम्बर ४ मा राजनितिक दलका १० जना र स्वतन्त्र तर्फका ७ जना  गरि १७ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
त्यस्तै प्रदेशसभा सदस्यतर्फ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा राजनितिक दलका ५ र स्वतन्त्र तर्फका १० जना गरि १५ जना,क्षेत्र नम्बर १ को प्रदेश सभा २ मा राजनितिक दलका ४ र स्वतन्त्र तर्फका ३ गरि ७ जना,क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा राजनितिक दलका २ र स्वतन्त्र तर्फका ७ नाम गरि ९ जना,क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा राजनितिक दलका ६ र स्वतन्त्र तर्फका ८ जना गरि १४ जना उम्मेदवारहरुको जमानत जफत भएको कार्यालयले जनाएको छ ।
क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा राजनितिक दलका ५ र स्वतन्त्र तर्फका ९ जना गरि १४ जना र क्षेत्र नम्बर ३ को प्रदेश सभा २ मा राजनितिक दलका ५ र स्वतन्त्र तर्फका ११ जना गरि १६ जना र क्षेत्र नम्बर ४ को प्रदेश सभा १ मा राजनितिक दलका ५ जना र स्वतन्त्र तर्फका ११ जना गरि १६ जना,क्षेत्र नम्बर ४ को प्रदेश सभा २ मा राजनितिक दलका ५ र स्वतन्त्र तर्फका १० जना गरि १५ जना उम्मेदवारहरुको जमानत जफत भएको कार्यालय प्रमुख पोख्रेलले बताए । भने उम्मेदवारी दिएकामध्ये ३८ जनाको जमानत फिर्ता भएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech