सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले निरन्तर सवारी चकेजाँचलाई कडाइ गरेको छ।करिब ५० वर्ष पुरानो मापदण्ड अनुसारको सडक संरचना,हालको सवारी चाप, शीतलहर तथा उखु ढुवानीको समयलाई मध्य नजर गर्दै जिल्लाका ११ वटै ट्राफिक प्रहरी युनिटहरुले सवारी साधन चेकजाँचमा कडाई गर्नुका साथै जनचेतनामूलक कार्यक्रमहरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक रजोश घिमिरेले जानकारी दिए।
उनका अनुसार देशव्यापीहरुमा पछिल्लो समय सवारी दुर्घटनाबाट ज्यान गुमाउने र अंगभंग हुनेहरुको संख्या बढी रहेको समयमा सर्लाहीमा ट्राफिक चेकजाँचमा कडाई गर्नुका साथै जनचेतनामूलक कार्यक्रमहरु बढाएकाले त्यो संख्या घटेको छ ।जिल्लामा मालवाहक सवारीले यात्रु बोक्ने गरेको र यात्रुवाहक सवारीले मालसामान बोक्ने गरेको,साथै सिट क्षमता भन्दा धेरै यात्रु बोक्ने र भार वाहन क्षमता भन्दा धेरै भार वाहन गर्ने कार्यलाई धेरै दहसम्म न्इुनिकरण गर्ने काम भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले सुरु गरेको टुर्घटना न्युनिकरण अभियानमा सहयोग गर्न जिल्लाका यातायात व्यवसायीहरुसंग अनुरोध गरिएको र सोही अनुसार यातायात व्यवसायीहरुको पनि साथ पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक घिमिरेले बताए ।
अक्सर सवारी साधनहरुको चेकजाँचमा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक घिमिरे आफैँ फिल्डमा खटिने गरेका छन् भने प्रहरी संगठनको मर्म,भावनामा आँच आउने गरी काम नगर्न उनले मातहतका ट्राफिक प्रहरी युनिटहरुका प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिने गरेका छन् । पहिला कसले के गरे भन्ने नभएर हामीले फरक र राम्रो के गर्र्याै भन्ने तर्फ लाग्न उनले स्पष्ट निर्देशन दिएका ट्राफिक प्रहरी कर्मचारीहरु बताउँछन् ।