सर्लाहीको बागमती नगरपालिका र हरिवन नगरपालिका विच नगरका विकास निर्माण कार्यमा सहयोग गर्ने सम्झौता भएको छ । बागमती र हरिवन नगरपालिकाका नगर प्रमुखहरु विच दुई नगरका विकास निर्माणाका काममा साझेदारी गरि अगाडि बढ्ने सम्झौता भएको हाे ।
सम्झौता अनुसार बागमती नगरपालिका वडा नम्बर ४ र १२ मा निर्माणाधिन अवस्थामा रहेको बागमती माछा तालबाट उत्खन्न हुने ढुंगा,गिटी,बालुवा हरिवन नगरवालिकालाई उपलब्ध गराउने सम्झौता गरिएको बागमती नगरपालिका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।
.jpg)
बागमती र हरिवन नगरपालिका विच भएको सम्झौतामा नेपालको संविधान २०७२ अनुसार स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को अधिनमा रहि नगरसभा र नगरकार्यपालिकाद्वारा निर्मित कानूनहरु तथा सो संग सम्बन्धित निर्णयहरु अनुसार बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन अवस्थामा रहेको बागमती माछा तालबाट उत्खनन् हुने ढुंङ्गा,गिट्टी र वालुवा उपलब्ध गराउने,प्रथम पक्षले दोस्रो पक्षलाई बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन बागमती माछा पोखरीबाट उत्खनन् हुने ढुंगा,गिट्टी र बालुवा ७५ हजार घन मिटर अर्थात ६२ हजार २ सय ५० टिपर ग्राबेल बिना कर हरिवन नगरपालिकालाई उपलब्ध गराउने लगायतका बुँदाहरुमा सम्झौता गरिएको बागमती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विमल पोख्रेलले बताए ।
त्यस्तै,दोस्रो पक्षले ढुंगा,गिट्टी र बालुवा उल्लेखित आयोजनामा (निर्माणाधिन माछा पोखरी) बाट आफै उत्खनन् गरि लानु पर्ने,उत्खनन् गर्दा बागमती नगरपालिकाको सम्बन्धित प्राविधिकसंग समन्वय गर्नु पर्ने,दोस्रो पक्षले उत्खनन् पश्चात प्राविधिकले तोकिय बमोजिम लेभिलिङ पनि गरिदिनु पर्ने,दोस्रो पक्षले उत्खनन् गरि लगेको सामाग्री दोस्रो पक्षको आयोजनमा उपयोग गर्ने,सम्झौतामा तोकिए बमोजिमको परिमाण दोस्रो पक्षले सम्झौता भएका मितिले ६ महिना भित्र लगि सक्नु पर्ने,दोस्रो पक्षले उत्खनन् सामाग्री लगि जाँदा प्रचलित मापदण्ड प्रयोग गरी ढुवानीको साधन प्रयोग गर्नु पर्ने र सम्झौतामा कुनै बाधा अडचन भए आपसी सहमतीको आधारमा परिवर्तन गर्न सकिने लगायतका बुँदामा सम्झौता गरिएको हरिवन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रधानले जानकारी दिए