Close This

लालबन्दी ६ का १५० विपन्न घरधुरीलाई खाद्यान्न सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-५ गते   ६३७ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ६ का अति विपन्न नागरिकहरुलाई खाद्यान्न सहयोग प्राप्त भएको छ ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण रोजगारी गुमाएका,अति विपन्न,गरीब र निमुखा नागरिकहरुलाई खाद्यान्न सहयोग प्राप्त भएको हो ।
लालबन्दी नगरपालिका ६ र उद्योग बाणिज्य संघ लालबन्दीको समन्वयमा स्वास्थ्य तथा सचेतनाका लागि सहयोगी नेपाल(ह्याण्डस नेपाल) नामक संस्थाले राहत स्वारुप खाद्यान्न सहयोग गरेको  लालबन्दी नगरपालिका ६ का वडा अध्यक्ष उज्वल कुमार कार्कीले जानकारी दिनु भयो ।


चामल,आलु,दाल,नुन,तेल,वेसार,चिउरा,दालमोढ र प्यास लगायतका खाद्यान्न सामाग्री लालबन्दी नगरपालिका ६ का १ सय ५० घरधुरीलाई वितरण गरिएको संस्थाका महासचिव सन्तोष धिमालले बताउनु भयो । लालबन्दी नगरपालिका ६ को जनवादी चोकमा एक अनौपचारकि कार्यक्रमका वीच वडाका १ सय २५ घरधुरी र वडा बाहिरका २५ घरधुरीका रोजगारी गुमाएका,अति विपन्न,गरीब र निमुखा नागरिकहरुलाई खाद्यान्न सहयोग गरेको उहाँले बताउनु भयो ।
खाद्यान्न वितरण कार्यक्रममा लालबन्दी नगरपालिका ६ का वडा अध्यक्ष कार्की,उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशी, लालबनदी जेसिजका अध्यक्ष श्याम खड्का,संस्थाका महा सचिव धिमाल लगायत संस्थाका अन्य सदस्यहरु,वडाका जनप्रतिनिधिरुको उपस्थिती रहेको थियो ।
संस्थाले देशका विभिन्न स्थानमा समस्यामा परेका कोरोना कारण रोजगारी गुमाएका,अति विपन्न,गरीब र निमुखा नागरिकहरुलाई विभिन्न समयमा सहयोग गरि रहेको संस्थाका महा सचिव धिमालले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech