सर्लाही ट्राफिक प्रहरीद्धारा जेठमा करिब १६ लाख राजस्व सङ्कलन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-४ गते   ११९२ पटक हेरिएको

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जेठ महिनामा करिब रु १६ लाख राजश्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका अनुसार जेठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरी चलाउने ट्रक ५ सय ९९, बस १७,कार,जिप,भ्यान ६ सय १९,ट्याक्टर ६, मोटरसाईकल ६ सय ३४ र अन्य(टेम्पो) १७ वटा गरी कुल १ हजार ९ सय ५० वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु १५ लाख ७५ हजार  राजस्व सङ्कलन गरेको हो । 
पूर्वपश्चिम लोकमार्गका साथै जिल्लाका अन्य सहायक सडक मार्गहरुमा ट्राफिक नीयम विपरित सञ्चालीत सवारी साधनहरुलाई कार्बाही गरि रु १५ लाख ७५ हजार  राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरिक्षक इश्वर कार्कीले जानकारी दिनु भयो । 
उहाँका अनुसार जेठ महिनामा ८५ वटा सवारी दुर्घटना भएका छन भने १ सय ७ वटा लसवारी साधनहरु संग्लग्न रहेका छन् । जसमा ट्रक ३ वटा,टिपर १,डोजर,लोडर र स्काभेटर गरी १,बस ३,जिप,कार १२,ट्याक्टर ४,टेम्पो ३,मोटरसाईकल ८४ र अन्य समेत गरी कुल १ सय २२ वटा सवारी साधनहरु दुर्घटना भएका ट्राफिक प्रहरीले जनाएको छ । जसमा ६ जनाको ज्यान गएको छ भने ९४ जना गंभिर तथा ४५ जना सामान्य घाईते भएका छन् । 
त्यस्तै ट्राफिक प्रहरी सर्लाहीले जेठ महिनामा १४ पटक जनचेतनामुलक कार्यक्रम गरेको जनाएको छ । विद्यालयहरुमा,सामुदायिक सेवा मार्फत,सवारी साधनका चालकहरु र व्यावसायीहरुका कक्षा सञ्चालन लगायतका कार्यक्रम गरिएको जिल्ल ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक कार्कीले बताउनु भयो । बढ्दो सवारी साधनको चाप, साँघुरो सडक, चालकको लापर्बाही तथा सडकमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना बढे्को ट्राफिक प्रहरी निरीक्षक कार्कीको भनाइ छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech