जसपा मधेशका अध्यक्ष यादव पक्राउ,८ दिनको अनुसन्धान म्याद

402 Shares

जनता समाजवादी पार्टी(जसपा)नेपाल मधेश प्रदेशका अध्यक्ष एवम पूर्व प्रदेशसभा सदस्य अशोक यादव बुधबार पक्राउ परेका छन्।असार १९ गते पुर्वाधार विकास कार्यालय सर्लाहीको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का र जसपा नेपाल मधेशका अध्यक्ष यादवविच फोन सम्वादमा विवाद भएको थियो ।फोन सम्वादमा विवाद भएपछि प्रहरीले उनी विरुद्ध जिल्ला अदालत सर्लाहीबाट पक्राउ पूर्जी जारी गरि खोजीको सूचीमा राखेको थियो।त्यसपछि केही समय फरार भएका जसपा नेपाल मधेशका अध्यक्ष यादव केही दिन पहिला सार्वजनिक भएका थिए।सर्लाही जिल्ला अदालतले राज्य विद्रोेहको मुद्धा दर्ता गरी खोजी रहेको सर्लाही प्रहरी बुधबार यादवलाई पक्राउ गर्न सफल भएको हो।

पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा राखेर बुधबार ८ दिनको म्याद लिएर राज्य विद्रोेहको मुद्धा अन्तर्गत कारबाही प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।मलंगवा नगरपालिका अन्र्तगत शिवसागर चोकबाट यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत असार १९ गते राति प्रहरी उपरिक्षक खड्का र यादवबीच फोन सम्वाद मै गालिगलौज भएको टेलिफोन संवाद सामाजिक सञ्जालहरुमा बाहिरिएको थियो।त्यस लगतै सर्लाही प्रहरीले यादवको घर सलेमपुरमा छापा मार्दा जिल्ला प्रहरी कार्यालयको गाडीमा तोडफोड एवम केही सुरक्षाकर्मी र यादवका छोरा पनि घाईते भएका थिए ।
फरार रहेकै अवस्थामा यादवले“जय बिहार,जय भारत,जय मधेश”भन्दै आफ्ना विचारहरु सामाजिक संजालमा सार्वजनिक गरेका थिए।मंगलबार “जेन जी”पुस्ताको आन्दोलनका क्रममा सर्लाही सदरमुकाम मलंगवाको प्रदर्शनमा यादव पनि सहभागि भएका थिए।“जेन जी” आन्दोलनका नाममा यादव स्वयंले नेतृत्व गरेर अराजकता निम्त्याउने प्रयास गरेकाले उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यादवलाइ पक्राउ गरिएको विरोधमा जसपाका नेता कार्यकर्ताले सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरेका छन्।उनिहरुले मलंगवा नगरपालिका स्थित नवलपुर मलंगवा सडक खण्डमा रहेको पेट्रोल पम्प छेउको प्रहरी बीटमा तोडफोडसहित आगजनी गरेका छन् भने आवश्यक कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकलहरु समेत जलाइ दिएका छन् ।

सम्बन्धित समाचार