भन्सार काटेको सवारी साधनबाट शसस्त्र प्रहरीको असुली

327 Shares

नेपाल भारत सीमावर्ती क्षेत्रमा भन्सार काटेर नेपाल भित्रने सवारी साधनहरूबाट शसस्त्र प्रहरीले अनाधिकृत रूपमा रकम असुली गर्ने गरेको पाईएको छ।स्थानीय व्यवसायी र सवारी चालकहरूले सीमा नाकाहरुमा भन्सार काटेपनि कागजात चेकजाँच गर्ने वाहनामा शसस्त्र प्रहरी बल नेपालका कर्मचारीहरूले अनाधिकृत रुपमा रकम असुली गर्दै आएका पाईएको हो ।
बुधबार दिउँसो करिब ४ बजे भन्सार पास गरिसकेको विआर ०६ जिएफ ६६८० नम्बरको पिकअप भेनले आफ्नो कागजात चेकजाँच गर्न सर्लाही भन्सार कार्यालय मलंगवा अगाडि डिउटीमा रहेका शसस्त्र प्रहरी बल नेपालका सहायक हबल्दार कुशल गुरुङसंग जाँदा त्यहाँ उनले ५० लिए पछि सिमानामा शसस्त्र प्रहरीको असुली चली रहेको रहस्य बाहिरिएको हो ।
भन्सार काटेर नेपाल प्रवेश गर्न लागेको सवारी साधनहरुलाई चेकजाँच गर्ने नाममा रोक्ने, कागजातमा कमजोरी देखाएर धम्क्याउने र सामान्य प्राविधिक कुरालाई लिएर शसस्त्र प्रहरीले रकम असुल्ने गरेको पाईएको छ ।सिमा क्षेत्रदेखि पुर्व पश्चीम राजमार्ग सम्म जोड्ने हुलाकी सडकहरुमा रहेका सुरक्षाकर्मीहरुका हरेक युनिटले यसैगरी अनाधिकृत रुपमा रकम असुल्ने गरेका पाइएको सर्लाही भन्सार कार्यालय मलंगवाका एक कर्मचारीले बताए ।मोटरसाईकल तथा पिकअप भेनहरुमा छिमेकी देश भारतबाट अवैध तरिकाले भित्रने माल वस्तुसंग समेत सुरक्षाकर्मीहरुहरुले ५०÷सय लिएर नियन्त्रणमा नलिई छाडिदिने गरेका कारण सरकारी राजश्वमा समेत नकारात्मक प्रभाव परेको उनले बताए ।
त्यसैगरी,सो विषयमा शसस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म मलंगवामा कार्यरत सहायक हबल्दार गुरुङलाई सोध्दा उनले पहिला देखि कै चलन रहेको र आफुले बदमासी गरेको स्वीकार गरे ।यता,सो विषयमा शसस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म मलंगवाका गुल्मपति एवम शसस्त्र प्रहरी नायव उपरिक्षक वसन्त धितालले सहायक हबल्दार गुरुङलाई बोलाएर सोधपुछ गरिएको जानकारी दिए ।

सम्बन्धित समाचार