बिल विजक नभएको ठूलो मात्राको कपडा सहित ट्रक सिन्धुली प्रहरीको नियन्त्रणमा

263 Shares

वि।पी राजमार्ग अन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका ९ स्थित भिमानबाट प्रहरीले ठूलो मात्रामा बिल विजक नभएको भारतिय तथा इटालियन कपडा ईलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिएको छ ।वि।पि।राजमार्ग स्थित सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमान स्थित ईलाका प्रहरी कार्यालय भिमानको चेकपोष्टमा खटिएको प्रहरी टोलीले प्र।२ ०४ ००१ ख ००६१ नम्बरको ट्रकलाई शंका लागि रोकी चेकजाँच गर्दा उत्त ट्रकमा लोड भएको करिब रु १७ लाख बराबरको बिल विजक नभएको भारतिय तथा इटालियन कपडा बरामद् भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार प्याज लोड भएको उत्त ट्रकबाट बिल भएको प्याज दुई सय ३० बोरा सहित पुनित कम्पनीका ४९ रोल,डोनातेला कम्पनीका २० रोल र भिमल कम्पनीका ३० रोल सुतीका थान कपडा बरामद गरिएको हो।कपडाको मूल्य करिब रु १६ लाख ८३ हजार छ सय ४० रहेको र ट्रकको मूल्य रु २० लाख गरी ३६ लाख ८३ हजार छ सय ४० बराबर मुल्य कायम गरिएको छ।प्रहरीको नियन्त्रणमा रहेको टूक र ट्रकबाट बरामद् भएको कपडाको आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मधेश प्रदेशका जिल्लाका सीमानाकाहरुमा व्यापक कडाई गरेको प्रहरी दाबी गरी रहेको भएपनि मधेश कै जिल्लाका सीमानाकाहरुबाट व्यापक मात्रामा भन्सार छली लुकाई छिपाई विभिन्न किसिमका सामानहरु वि।पी तथा पुर्व पश्चीम राजमार्ग हुँदै संघीय राजधानी काठमाण्डौँ सम्म त्यस प्रकारका सामानहरु पुग्ने गरेका पाइएको छ ।मधेश प्रदेश प्रहरीले सादा पोशाकका ३१ जना प्रहरी कर्मचारीहरुलाई जिम्मेवारी मुक्त गरेको घोषणा गरेपनि उक्त निर्णय कार्यान्वयनमा नआउँदा मेधशका जिल्लाका सीमानाकाहरुबाट भन्सार छली रोकिएको छैन् ।

सम्बन्धित समाचार