आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर २ मा बहुपक्षीय चुनावी प्रतिस्पर्धा हुने देखिएकोे छ।सिन्धुली क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टी(नेकपा),नेपाली कांग्रेस,नेकपा(एमाले) र नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का बागी उम्मेदवार मैदानमा उत्रिएपछि बहुपक्षीय चुनावी प्रतिस्पर्धा हुने देखिएकोे हो ।
नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवम निवर्तमान प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल(राजन),नेपाली कांग्रेसबाट शुसिला थिङ,नेकपा(एमाले)का मनोज जंग थापा र नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का बागी उम्मेदवार महेश्वर दाहाल विच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।निवर्तमान प्रतिनिधि सभा सदस्य राजनलाई बागी उम्मेदवार महेश्वरले समस्या सृजना गर्दा कांग्रेसकी थिङ र एमालेका थापा पनि हेवीवेट उम्मेदवार हुन ।
नेकपाको परम्परागत मतका आधारमा प्रभाव पर्ने सम्भावना बढेपछि अन्य दलहरू पनि सक्रिय देखिएका छन्।कांग्रेसले ग्रामीण क्षेत्र केन्द्रित घरदैलो अभियान तीव्र बनाउँदै मतदातामा आफ्नो पहुँच विस्तार गर्ने रणनीति अघि सारेको छ भने एमालेका थापा पनि आफ्नो चुनावी गतिविधिलाई तिब्रताका साथ अघि बढाएका छन् ।
निवर्तमान प्रतिनिधि सभा सदस्य समेत रहेका राजन यस पटक पनि जित हाँसिल गर्दै इतिहाँस रच्ने योजनाका साथ मैदानमा छन्।पछिल्लो समय देशव्यापी भदौरे भेलको हल्ला चलाएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पनि आफ्नो चुनावी गतिविधिहरु गरि रहेको भएपनि सिन्धुलीका दुवै क्षेत्रमा रास्वपाको प्रभाव कम देखिन्छ ।अर्कोतर्फ एमालेले आफ्नो परम्परागत मतको आधार जोगाउँदै संगठनात्मक शक्ति प्रदर्शन गरिरहेको छ।एमालेले स्थानीय तहको संरचना प्रयोग गर्दै घरदैलो अभियान र मतदाता व्यवस्थापनमा सक्रियता देखाएको छ।
स्थानीय स्रोतका अनुसार मत विभाजन,संगठनात्मक परिचालन र स्थानीय मुद्दा (सडक, खानेपानी,रोजगारी,कृषि सुधार)नै नतिजाको निर्णायक पक्ष बन्ने देखिन्छ।व्यक्तिगत छवि र अन्तिम समयको रणनीतिले पनि परिणाममा ठूलो भूमिका खेल्ने स्थानीयको भनाई छ।यसबाट सिन्धुली क्षेत्र नम्बर २ मा केवल दलगत प्रतिस्पर्धा नभई आन्तरिक मत विभाजन,बहुपक्षीय दावेदारी र मतदाताको निर्णय माथि निर्भर रहने देखिन्छ।यस निर्वाचनले क्षेत्रीय राजनीतिक शक्ति सन्तुलन र दलभित्रको नेतृत्व संरचनामा समेत असर पार्ने सम्भावना उच्च रहेको छ।
विभिन्न पार्टी र स्वतन्त्र तथा बागी गरी १६ जना उम्मेदवार रहेको सिन्धुली क्षेत्र नम्बर २ मा अन्य उम्मेदवारहरु डमी उम्मेदवारको रुपमा रहेका स्थानीय मतदात नै बताउँछन् ।त्यसैगरी सिन्धुली क्षेत्र नम्बर १ मा दुई पक्षीय प्रतिस्पर्धा हुने भएको छ।नेपाली कांग्रेसका उज्जव प्रसाद बराल र नेकपा(एमाले)का प्रदिप कुमार कटुवालको कडा प्रतिस्पर्धा हुने देखिएको छ ।२०६४ को तत्कालीन नेकपा(माओवादी)को दवदवा रहेको समयमा समेत एमालेले जितेको सिन्धुली क्षेत्र नम्बर १ मा त्यस यता लगातार दुई पटक एमालेकै गणेश कुमार पहाडी निर्वाचित भएका थिए।२०७९ सालमा कांग्रेस र तत्कालीन माओवादी केन्द्र)बाट गठबन्धन गरेर कांग्रेसका श्याम प्रसाद घिमिरे निर्वाचित भएका भएपनि एक्ला एक्लै चुनावी प्रतिस्पर्धा गर्दा एमालेको आधार ईलाकाको रुपमा चिनिएको सिन्धुली क्षेत्र नम्बर १ मा यस पटक पनि कांग्रेस र एमालेकै कडा प्रतिस्पर्धा हुने देखिएको हो।उत्त क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का डेकेन्द्र प्रसाद सुवेदी समेत उम्मेदवार भएपनि आफ्नो निर्वाचन क्षेत्र मा पहिचान नभएका नेकपाका सुवेदीको सामान्य प्रभाव देखिएको स्थानीय बताउँछन्।नेकपा(एकीकृत समाजवादी) र नेकपा(माओवादी केन्द्र)ले पार्टी एकता गरेपछि नेकपा(एकीकृत समाजवादी)को कोटाबाट उम्मेदवार बनेका सुवेदी सिन्धुलीका लागि अपरिचित अनुहार हुन ।उत्त क्षेत्रमा विभिन्न पार्टी र स्वतन्त्र गरी १२ जना उम्मेदवारहरु रहेपनि अन्य उम्मेदवारहरु डमी उम्मेदवारको रुपमा रहेका स्थानीय मतदात नै बताउँछन् ।
सिन्धुलीको क्षेत्र नम्बर १ मा ५३ हजार एक सय ८९ जना महिला र ५७ हजार दुई सय दुई जना पुरुष गरी कुल एक लाख १० हजार तीन सय ९१ जना मतदाताले ७७ मतदान स्थलहरुका एक सय ३८ मतदान केन्द्रबाट १२ जना उम्मेदवारलाई मतदान गर्ने छन् ।
त्यस्तै क्षेत्र नम्बर २ मा ५० हजार पाँच सय छ जना महिला र ५४ हजार एक सय २२ पुरुष मतदाताहरु गरी कुल एक लाख चार हजार छ सय २८ जना मतदाताहरुले ७४ मतदान स्थलका एक सय ३४ मतदान केनद्रहरुबाट १६ जना उम्मेदवारहरुलाई मतदान गर्ने छन् ।